News Portal

  • नेपालमा किटनासक औषधी : प्रयोग कम, असर बढी

    काठमाडौं, १५ साउन
    १६९७ पटक
    काठमाडौं, १५ साउन

    अन्य देशको तुलनामा नेपाली कृषकले किटनाशक औषधीको प्रयोग कमै मात्र गर्ने भए पनि यसको वढी असर नेपालमा नै पाइएको छ । विषादीको प्रयोग गर्न नजानेका कारण वढी असर देखिएको हो ।

    प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको आयोजनामा बुधबार राजधानीमा आयोजित ‘नेपालमा विषादीको प्रयोग र स्वास्थ्यमा असर’ विषयक कार्यक्रममा नेपालमा विषादीको वर्तमान अवस्थाबारे अन्तरक्रियामा प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.डिल्लीराज शर्माले नेपालीले विषादीको प्रक्रिया मिलाएर उचित प्रयोग गर्न नजानेका कारण वढी असर देखि रहेको जानकारी गराए ।
    डा.शर्माका अनुसार जापानमा प्रति हेक्टर १०.८ किलो, कोरियामा १६.६ किलो , इटालीमा १३ किलो विषादीको प्रयोग हुन्छ । त्यता मिलाएर प्रयोग गरिने भएका कारण नेपालमा जतिको स्वास्थ्यमा गम्भीर असर देखिएको छैन । उनका अनुसार नेपालमा प्रति हेक्टर ३९६ ग्राम मात्र किटनाशक विषादीको प्रयोग गर्ने गरिएको छ तर पनि याँहा असर बढी भैरहेको उनको भनाइ छ ।

    विषादी प्रयोग गरिएका खाद्यान्न र तरकारीको उपभोग गर्दा स्वास्थ्यमा असर हुने जानकारी दिंदै उनले कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफोसफेट परीक्षण गर्ने मेसिन राखेर अनुगमन गरिरहेको जानकारी दिए ।

    प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले राशायनिक विषादीलाई विस्थापित गरी जैविक विषादीको प्रयोग गर्न सवै तह र तप्काबाट दबाब दिनुपर्ने बताए । सदनमा अलपत्र अवस्थामा झैं रहेको जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्व पारित गराउन पहल गर्नुपर्ने धारणा राखे । यो विधेयकमा विषादीको अनुचित प्रयोग गरिएको खण्डमा कम्तिमा २५ हजार जरिवाना र १ महिना जेल सजाय हुने व्यवस्था गरिएको छ भने वढीमा २ लाख रुपैयाँ जरिवाना र १ वर्ष जेल हुने प्रावधान राखिएको छ ।

    मुल्मीले भने, ‘विषादीकै कारण धेरै जनता अनाहकमा विरामी हुन परिरहेको र राज्यले जनताको स्वास्थ्यमा अझ चिन्ता लिएर प्रचारात्मक अभियान चलाउनुपर्ने बताए ।

    प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा.शरदराज वन्तले नेपालमा २५ थरीका जैविक विषादीको प्रयोग भइरहेको र यसलाई प्रमाणिकरण गरी प्रयोग गर्न प्रोत्साहन दिएको खण्डमा जनता स्वस्थ हुन सक्ने जानकारी दिए ।

    जनस्वास्थ्यविद डा. अरुणा उप्रेतिले विषादीयुक्त खानाको सेवनले फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्ने जानकारी दिए । विभिन्न अध्ययनले विषादीबाट स्मरणशक्तिमा ¥हास हुने, मनोरोग लाग्ने ,छालाको रोग लाग्ने पुष्टि भएको पनि उनले बताए । उनका अनुसार विषादीको अधिक प्रयोगले प्रजनन प्रणालीमा असर भइ गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी हुने गर्दछ ।

    फोरेस्ट एक्सनका कृष्ण पौडेलले खानेकुरामा मन्द विष रहेको जानकारी दिंदै मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला रोगको कारक तत्व विषादीयुक्त खाना भएको बताए ।
    माटोले अहिले काम गर्न छाडेको, खानेकुरा अस्वस्थकर हुँदै गएको र पर्यावरण पनि विग्रेको जानकारी उनले दिए ।

    कार्यक्रममा सवैभन्दा वढी तराइमा विषादी प्रयोग हुने गरेको र नेपालमा आउने विषादी मध्ये ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको जानकारी पनि दिइएको थियो ।

    सामाजिक अभियन्ता मदन राइले हाम्रो शरीर र ब्रम्हाण्ड पञ्चतत्वले बनेको कारणले जैविक पर्यावरणमा जोड दिनुपर्ने बताए । उनले भने, यहाँ अस्पताल खुल्छ तर रोग लाग्न नदिन कुनै निकाय खोलिंदैन ।’

    कार्यक्रममा यमुना घले र टीना गोर्खालीले पनि किटनाशक औषधी र विषादीका सम्वन्धमा प्रस्तुति दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...