News Portal

  • ‘दलित भएर किन चस्मा र कोट लगाएको’ भन्दै कुटपिट

    बाजुरा, ६ भदाै
    २५६६ पटक
    बाजुरा, ६ भदाै

    बाजुरामा एक जना दलित अधिकारकर्मीमाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरेकाे जनाएकाे छ ।

    बाजुरकाे हिमाली गाउँपालिकाका दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि विभेदपूर्ण शब्दहरु प्रयाेग गरेर गाली गर्ने गर्ने चिरीम मल्ल र भूपि मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    हिमाली गाउँपालिका– ६ धिममा भदौ २ गते लागेको खौं मेलाबाट फर्किएर घरमा सुतिरहेको बेला दलित अधिकारकर्मी गोरखबहादुर सार्की र उनकी श्रीमती आप्सरी ऐडी सार्कीलाई गाली गरेको, अपमानित शब्द प्रयोग गरेको र डुम भनेर विभेद् गरेको भन्दै उजुरी परेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

    गाली गर्ने चिरीम मल्ल हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लका छोरा र भूपि मल्ल भतिजा हुन् । राति सुतिरहेको समयमा कोठामै आएर “डुम कमारा तिमीहरु डुमले मेला हेर्नका लागि चश्मा, कोट लगाउने हो”, भनेर आपत्तिजनक गाली दिएको गोरख सार्कीले बताए ।

    गाली गरेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । पीडित सार्कीले भने आफ्नी श्रीमतीको छातीमा समेत चोट लागेको र दुवै जनालाई गालीसँगै आक्रमणसमेत गरेको बताए। घटना घटेलगत्तै दलित अधिकारकर्मी सार्कीले आफूमाथि दुवैले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर आरोपित मल्लद्वयले भने आफूहरुलाई बिनाकारण फसाउन खोजिएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...