तस्वीर : नारायणी अनलाइन
रवि लामिछाने समर्थकका कारण जिल्ला प्रशासन कार्यालय चितवनले कर्फ्यु आदेश जारी गरेको छ । आज साँझको प्रहरी प्रदर्शनकारी झडपमा परी डीएसपीसहित ७ प्रहरीलाइ अस्पताल भर्ना गर्नु परेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
न्यायिक क्षेत्रहरुमा अशान्ति हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।भोलि (सोमबार)देखी लागू हुने गरी चार किल्ला तोकेर निषेधाज्ञा जारी गरिएको छ ।
आज (आइतबार) राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन प्रयोग गर्दै सोमबार बाट अनिश्चितकालिन कर्फ्यु लगाएको हो ।
विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरिएको छ ।
प्रशासनले चार किल्ला तोकी कर्फ्यु लगाएको हो ।
हेर्नुस सूचना