News Portal

  • विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माणमा अमेरिकाले सघाउने

    काठमाडौँ, २२ कात्तिक
    १०७८ पटक
    काठमाडौँ, २२ कात्तिक

    गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीलेले बिहीवार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    गृह मन्त्रालयमा भएको भेटमा नेपालको बिभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

    भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह गरे ।

    गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया सुरु गरी प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरीसकेको जानकारी दिँदै गृहमन्त्री थापाले युएसएआईडीबाट प्राधिकरणका लागि आवश्यक सहयोग पाउने बिस्वाश व्यक्त गरेका थिए ।

    भेटवार्तामा सहायक प्रशासक ग्लोरियाले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई युएसआईडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिएकी थिइन् । उनले नेपाललाई दिँईदै आएको सहयोग निरन्तर रहने तथा नेपालको अपेक्षा अनुसार थप सहयोग विस्तार गर्न आफुहरु तयार रहेको बताइन ।

    सहायक प्रशासक ग्लोरियाले विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफुलाई खुशी लागेको जानकारी दिँदै प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताएकी थिइन् ।भेटवार्तामा नेपालका लागि अमेरिकाका राजदुत ¥याण्डी बेरी पनि सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...