News Portal

  • मलेसियाको क्वालालम्पुरमा ‘सन्देश ईन्टरनेशनल अवार्ड –२०२०’ हुने

    इभक्तपुर संवाददाताहेटौडा, १४ मङ्सिर
    ८५९ पटक
    हेटौडा, १४ मङ्सिर

    सामुदायिक सञ्चार समुहको आयोजनामा मलेसियाको क्वालालम्पुरमा “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” हुने भएको छ ।

    एनआरएन मलेसिया र नेपाली राजदूतावास मलेसियासंगको सहकार्यमा मलेसियाको राजधानी क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा बिभिन्न १० विधामा १० जनालाई “सन्देश ईन्टरनेशनल अवार्ड –२०२०” प्रदान गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

    कार्यक्रममा भिजिट नेपाल–२०२० सम्बन्धी महत्वपुर्ण अन्तक्रिया, नेपालको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन र नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सफल बनाउन “देश फर्कौ, देश बनाऔं” सन्देश दिने डकुमेन्ट्री पनि प्रदर्शन गरिने सामुदायिक सञ्चार समुहका अध्यक्ष सुनिल खड्काले बताए ।

    पुसको पहिलो साता हुने कार्यक्रममा मलेसियाका बिभिन्न संघ÷संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायीका साथै नेपाल र अन्य देशसमेत गरी करिब ४ सय जनाको सहभागीता रहने आयोजकको भनाइ छ ।

    कार्यक्रममा नेपालबाट अवार्ड पाउने व्यक्ति, बिज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, सांसद, बिभिन्न संघ/संस्था, सामाजिक व्यक्तित्व, उद्योगी/व्यवसायी लगायतको सहभागीता रहने पत्रकार सम्मेलnमा जानकारी दिईएको छ ।

    बिज्ञापनदातालाई निःशुल्क मलेसिया र सिङ्गापुर भ्रमण

    हेटौंडा/सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित रेडियो सन्देश १०६.९ मेगाहर्जले गतबर्ष झैं यसबर्ष पनि बिज्ञापनदाताहरुलाई मलेसिया र सिङ्गापुर दुुई देश निःशुल्क भ्रमण गराउने भएको छ । रेडियो सन्देशले बिशेषगरी बिज्ञापनदाताहरुलाई लक्षित गरेर बम्पर अफर घोषणा अध्यक्ष खड्काको भनाई छ ।

    बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवर्द्धन र बिज्ञापनदातासंग दीर्घकालिन सम्बन्ध स्थापित गर्न देशमा नैं पहिलो पटक फरक सोचकासाथ बम्पर अफर घोषणा गरेको अध्यक्ष सुनिल खड्काले बताए ।

    एक बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने रेडियोले उद्घोष गरे अनुसार रेडियोले गतबर्ष पनि थाईल्याण्डको बैंकक, पतैंया, आईल्याण्ड लगायत ऐतिहासिक पर्यटकिय स्थलहरुको निःशुल्क भ्रमण गराएको थियो ।
    बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष खड्काले जानकारी दिए ।

    पहिलो चरणमा मंसिर महिनाभित्र बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई पुसको पहिलो साता बिदेश भ्रमणमा लगिने अध्यक्ष खड्काले बताउनुभयो । बिज्ञापन बजाउनको लागी स्विकृति भएकैं दिन बिदेश भ्रमणको लागि सहमति गरिने बताईएको छ ।

    ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट उक्त रेडियो प्रशारण हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...