News Portal

  • सर्लाहीकी एक युवती घरबाट हराएको चार दिनपछि मृत फेला

    सर्लाही, २१ पुस
    ९१२ पटक
    सर्लाही, २१ पुस

    सर्लाहीकी एक युवती घरबाट हराएको चार दिनपछि मृत फेला परेकी छन् । सर्लाहीको वागमती नगरपालिका ५ राजघाट टेकानेकी २५ वर्षीया युवती पूर्णिमा मोक्तानको शव फेला परेको हो ।

    ४ दिन अघि घरबाट मेला हेर्न हिडेकी मोक्तानको शव सोमबार प्रहरीले फेला पारेको छ । स्थानीयले वागमती नदीको काँसघारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    हत्याको आशंकामा प्रहरीले वागमती नगरपालिका ५ राजघाट टेकाने घर भएका एकजनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...