News Portal

  • बुटवलस्थित नवीन औद्योगिक मावि ४४ औं वर्षमा

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    १६९२ पटक
    २२ पुस

    बुटवल । बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ४४ औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ ।

    मंगलवार प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा विद्यालयको ४४औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न भएको हो ।

    कार्यक्रमको उद्घाटन समारोहबा बोल्दै प्रमुख अतिथि एवं प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले मुलुकको समृद्धिको आधार सार्वजनिक शिक्षाको सुदृढिकरण भएको बताइन् ।

    समयको माग अनुसार योग्य, सक्षम एवं प्राविधिक जनशक्ति निमार्णमा विद्यालयले गरेको अनुकरणीय अभ्यास अन्य विद्यालयहरुले पनि अनुसरण गर्न योग्य रहेको उनको भनाइ थियो ।

    सबै सामुदायिक विद्यालयहरुलाई नवीन जस्तै बनाउन प्रदेश सरकार कटिबद्ध रहेकामा जोड दिँदै मन्त्री गिरीले सार्वजनिक शिक्षालाई प्रविधि र सीपयुक्त सिकाइसँग जोड्न आवश्यक रहेको बताइन् । विद्यालयको पूर्वाधार विकास निमार्णमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

    कर्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले शिक्षाका तीन पिलर शिक्षक, विद्यालय व्यस्थापन समिति र विद्यार्थी भएकोले लगनशिल तथा मेहनती शिक्षक सक्रिय विद्यालय व्यवस्थापन समिति र अनुशासित र परिचालित विद्यार्थी भएमा शिक्षामा उच्चस्तर ल्याउन सकिने बताए । शिक्षकको वृति विकासमा सरकारको पनि प्रभावकारी भूमिका हुनु पर्ने उनको धारणा थियो ।

    विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलले विद्यालयको सम्पूर्ण ध्यान सूचना प्रविधि र जीवनोपयोगी सीपसहितको शिक्षा सुधारमा रहेको बताए । उनले विद्यालयमा पढ्ने विद्यार्थीको हातमा सर्टिफिकेट सँगै एउटा जीवनोपयोगी सीप दिने विद्यालयको योजना सुनाए ।


    विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका सफलता, समस्या र भावी योजनाका बारेमा प्रतिवेदन पेश गर्दै गुणस्तरीय सिकाइका लागि विद्यालयले विशेष कार्यक्रम लागुगर्न खोजेको बताए । सूचना प्रविधि र सीपयुक्त सिकाइ विद्यालयको अर्जुनदृष्टि भएको उनको जिकिर थियो ।

    कार्यक्रममा प्रदेश सभा सदस्यहरु थान कुमारी थापा, दीपा विक, रमा घर्ती तथा विद्यालयका सल्लाहकार प्राध्यापक आनन्द मान शिह शाक्य, कालिका मानविज्ञान मावि.का प्रअ घनश्याम पाठक, पूर्व रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलका नायव निर्देशक पवन कुमार भट्ट, नेपाल शिक्षक महासंघ प्रदेश नं. ५ का सहअध्यक्ष छवी पाण्डे, हिस्टुन ५ नं. प्रदेश अध्यक्ष युवराज न्यौपाने, नेकपा बुटवल उपमहानगरपालिका अध्यक्ष बाबुराम पन्थी, नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सचिव ज्योती भण्डारी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा स्वागत मन्तब्य शिक्षक अभिभावक संघका अध्यक्ष मदन विष्टले गरेका थिए ।

    उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै, एसइइमा उत्कुष्ट ग्रेड प्राप्त गर्ने विद्यार्थीहरु, उत्कृष्ट नतिजा ल्याउने १३ जना शिक्षकहरु र दीर्घ सेवा शिक्षक शोभा नेपाल, तहगत इन्चार्जहरु, पूर्ण छात्रवृतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पस काठमाडौ, पोखरा विश्व विद्यालय र चार्टड एकाउन्ट तर्पmका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...