News Portal

  • नाट्टाको अध्यक्षमा गुरागाईं

    भक्तपुरपोष्ट संवाददाता४ माघ २०७६
    ८१५ पटक
    ४ माघ २०७६

    काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन्।

    नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाईं निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरेका छन्।

    यस्तै वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन्।

    यस्तै सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजंग पाण्डे विजयी भएका छन्। शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ।

    नाट्टाका नवनिर्वाचित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी हुन्। अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका गुरागाईं करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन्। नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका गुरागाईंले सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको संयोजक भएर काम गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...