News Portal

  • भक्तपुरमा पुस्तक हेर्दा उपहार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ फागुन
    ८१० पटक
    भक्तपुर, ३ फागुन

    फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । अरुबेला युगल जोडीले भरिभराउ भक्तपुरको सिद्ध पोखरी यस दिन अझ खचाखच थियो । यसको वरिपरि मायालु युगल जोडीहरूको रौनक हेर्न लायक थियो । युवा पुस्ता प्रेमिल वातावरणमा रमाइरहदा केहि भनि पुस्तकको प्रेमबाट पर जान सकेका थिएनन ।

    सुष्मा परियार र उनका साथीहरू  भने झौखेल स्थित विद्यालयबाट बिहानी परीक्षा सकेर रौनक हेर्दै हिडेका थिए । आफ्ना तीन जना साथीसँगै दरवार स्क्वायर तिर हिँडीरहेकी सुष्मालाई त्यहाँको लामो फल्चामा रिबनले बाँधिएको रङ्गीन किताबले तान्यो । साथीहरु गफगाफ गर्दै थिए । उनी भने किताब तिर तानिइन् । कसैले छाडे जस्तो लागेर पहिले तन्केर हेरिन् मात्र । तर किताब राम्रो लागेकाले उनले किताब समातिन् । यताउता हेरिन् कसैले आफ्नो भनी आउला की भनेर उत्निखेरै रुम टु रिड नामक संस्थाका एक प्रतिनिधिले अगाडि आएर उनलाई भने, “बहिनीलाई बधाईं छ । आज पुस्तक उपहार दिवसको यो सुन्दर उपहार तपाईंले प्राप्त गर्नुभयो । आजको दिन धेरैलाई थाहा नहोला आज “पुस्तक उपहार दिवस” पनि हो भनेर ।”

    सुष्माले मुस्कुराउँदै किताब बाँधेको रिबन खोलिन् । त्यहाँ रमाइला बाल कथाका दुई पुस्तक थिए । पहिलो सिकर्मीको सिसाकलम, अनि अर्को फूलको पर्खाल । किताव हेर्दै गर्दा साथी पनि उनीसँगै आइसकेका थिए । उनीहरुले पनि पुस्तक हेरे । अनि खुसी हुँदै बाटो लागे । शुष्मा र उनका साथीहरू मात्र होइन, गत शुक्रबार बिहान भक्तपुरको दरवार क्षेत्र र ङातापोल्हँ मन्दिर आसपास भएर जाने धेरैजनाले पुस्तकको यस्तो अप्रत्यासित उपहार पाए ।

    भक्तपुरमा मात्र पनि होइन, काठमाण्डुको वसन्तपुर तथा ठमेल अनि ललितपुरको पाटन दरवार क्षेत्रमा पनि धेरैले अकल्पनीय रुपमा पुस्तक उपहार प्राप्त गरे । धेरैले प्रेम दिवसका रुपमा मात्र चिन्ने गरेका फेब्रुअरी १४ मा पर्ने “पुस्तक उपहार दिवसको” सन्दर्भ पारेर रुम टु रिड नेपालले यो फरक खाले कार्यक्रमको चाँजो मिलाएको बताइएको छ ।

    प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने सीप तथा पढ्ने बानीको विकास गर्दै स्वतन्त्र पाठकको रुपमा विकास गर्ने लक्ष्य सहित विगत दुई दशक देखि क्रियाशील रुम टु रिडले समाजमा पठन संस्कृतिको विकासका लागि यो फरक खाले पुस्तक कार्यक्रम आयोजना गरेको रुम टु रिडका पुस्तक प्रकाशन अधिकृत अनन्तवाग्लेले बताए ।‘पुस्तक पढ्ने संस्कार मानव सभ्यतासँग जोडिएको एक महत्वपूर्ण क्रियाकलाप भएकाले समुदायमा यसलाई प्रोत्साहित गरिनु पर्छ ।’उनले भने ।

    शुक्रबार काठमाण्डु शहरभित्र २ सय २० वटा पुस्तक यसरी सरप्राइज उपहारका रुपमा राखिएको र पुस्तक पाउनेले आफूले पढेपछि आफन्त, साथीभाइ र बालबालिकालाई पढाउन प्रेरित गरिएको रुम टु रिडकी संचार अधिकृत निष्ठा थापा श्रेष्ठले बताइन । प्रेम दिवसले चर्चा ह्वात्तै पाएपनि पुस्तकले चर्चा नपाउनु दुखद भएको अभियन्ताहरुको बुझाइ छ । पुस्तक ज्ञानको भण्डार भएको भन्दै अभियन्ताहरु पुस्तकले समाजलाई मार्गनिर्देश गर्न सक्ने विस्वास व्यक्त गर्दछन । पुस्तक उपहारका लागि सवैको पहिलो रोजाइ बनोस भन्ने अभियन्ताहरुको चाहना रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...