News Portal

  • पाल्पामा निषेधाज्ञा जारी

    भक्तपुरपोष्ट संवाददाता१२ चैत २०७६
    ११२३ पटक
    १२ चैत २०७६

    पाल्पा ।  सरकारले गरेको लकडाउन अवज्ञा हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ

    कोरना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम गर्न लकडाउनको अवज्ञा गरेपछि जिल्ला प्रशासन कार्यालयले मङ्लगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । निषेधाज्ञा अवज्ञा गर्नेलाई ऐनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम नोबेल कोरना भाइरसको सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    रामपुरमा २० शैय्याको क्वारेन्टाइन
    कोरना भाइरस (कोभिड– १९) सङ्क्रमितको आशंका लागेकाहरुलाई राख्नका लागि रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राथमिक विद्यालयको भवनमा २० शैय्याको क्वारेन्टाइन बनाइएको छ ।

    गाउँ गाउँमा स्वास्थ्यकर्मीसहितको घुम्ती टोली परिचालन गर्ने र शङ्कास्पद लागेका व्यक्तिलाई बुधवारदेखि क्वारेन्टाइनमा राखिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट नगरपालिका भित्रिएका नागरिक र शङ्कास्पद लागेका नागरिकलाई क्वारेन्टाइनमा ल्याएर राख्नेछौ, तत्काललाई वीस शैय्याको क्वारेन्टाइन बनाइएको छ भने आवश्यकता अनुसार दुईसय शैय्यासम्मको बनाउने तयारीमा छौँ ।”

    भारतलगायत तेस्रो मुलुकबाट नगर भित्रिएका नागरिकलाई सम्बन्धित वडा कार्यालयको अगुवाइमा पहिचान गरी क्वारेन्टाइनमा राखिने उहाँको भनाइ छ । नगरपालिकाले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि चार वटा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट र दुई वटा गन थर्मोमिटर व्यवस्थापन गरेको छ । विभिन्न स्थानमा हेल्प डेस्क सेवा पनि दिइरहेको छ ।

    पाल्पाका ८९ सवारीसाधन नियन्त्रण

    जिल्ला प्रहरी कार्यालय पाल्पाले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी चलाएको भन्दै ८९ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ८९ सवारीसाधन नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार तानसेन नगरपालिकामा ३० मोटरसाइकल र ११ ट्रक गरी ४१ सवारीसाधन तथा रामपुर नगरपालिका क्षेत्रबाट ३२ मोटरसाइकल, नौ स्कुटर, पाँच ट्रक र दुई ट्रयाक्टर गरी ४८ सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका ती सवारी साधनलाई कागज बनाएर छाडेको प्रमुख काफ्लेले बताउनुभयो । रासस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...