News Portal

  • पत्रकार पोखरेललाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाता सर्लाही, १० असाेज
    ६९० पटक
    सर्लाही, १० असाेज

    प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहेका नयाँ पत्रिकासंग आवद्ध पत्रकार जनार्दन पोखरेललाई मातृशोक परेको छ । उनको ममतामयी माता सावित्रीदेवी पोखरेलको देहावसान भएको हो ।

    ७२ वर्षिया पोखरेलको शनिवार बिहान करिब ४ बजेको समयमा हरिवन ८ स्थित निजी निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यसै साता सर्लाहीबाट पेट सम्बन्धी रोगको उपचार गर्न पाटन अस्पताल पुर्याइएकी उनलाई अस्पतालले डिस्चार्ज गरिदिएपछि घर ल्याइएको थियो ।

    दिवंगत पोखरेलका २ छोरा र २ छोरी छन् । उनको अहिले बागमतीस्थित घाटमा अन्तिम संस्कारको तयारी भैरहेको छ । भक्तपुर पोस्ट आमा सावित्रीदेवी पोखरेल प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै पत्रकार जनार्दन पोखरेल लगायत शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना अर्पण गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...