News Portal

  • छालिङ्गमा कोरोना भाइरसको संक्रमणबाट एकको मुत्यु

    इभक्तपुर संवाददाताभक्तपुर, २७ वैशाख २०७८
    ८८६ पटक
    भक्तपुर, २७ वैशाख २०७८

    आज कोरोना भाइरसको संक्रमणबाट छालिङ्गमा एकको मुत्यु भएको छ । संक्रमित चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का एक पुरुष हो । कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

    यो संगै काठमाडौं उपत्यकामा आज थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ७७५ जना, भक्तपुरमा ३२७ जना र ललितपुरमा ५०५ जनामा संक्रमण देखिएको हो । पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा २९ हजार ७१ रहेको छ ।

    काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या १ लाख १७ हजार ८२८ रहेको छ भने ८६३ जनाले ज्यान गुमाएका छन् ।

    त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४ हजार ११२ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या १० हजार १६९ रहेको छ भने १७६ जनाले ज्यान गुमाएका छन् ।

    यसैगरी, ललितपुरमा सक्रिय संक्रमितको संख्यामा ६ हजार २८० रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १८ हजार २६९ रहेको छ भने २४७ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...