नेकपा (माओवादी केन्द्र) की नेत्री पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकला भुसालको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।
परिवारजनका अनुसार ९३ वर्षीया इन्द्रकला लामो समयदेखि अस्वस्थ थिइन्। उपचारकै क्रममा सोमबार बिहान ७ बजे आफ्नै घर ललितपुरको कुसुन्तीमा उनको निधन भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन्।