News Portal

  • काठमाडौंका सार्वजनिक स्थानमा भिक्षा माग्न रोक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १७ असार २०७९
    ५५३ पटक
    भक्तपुर, १७ असार २०७९

    काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने भएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ ।

    महानगरका अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी विसौनीस्थल, सरकारी कार्यालय या कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न नपाइने भएको हो । साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक या सांस्कृतिक कार्यमा माग्नेको हकमा भने यो नियम लागु नहुने महानगरले जनाएको छ ।

    बालबालिकालाई गीत गाउन लगाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम या ज्याला दिई भिक्षा माग्न या माग्न दुरुत्साहन नगर्न महानगरले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...