सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि सारिएको छ ।
आइतबार सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानुन व्यवसायी र प्रत्याशी हाजिर नभएपछि पेसी शुक्रबारलाई सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।
एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो ।