फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी(जसपाको) उपेन्द्र यादव पक्ष र डा.बाबुराम भट्टराई पक्षले आज अलगअलग बैठक बोलाएका छन् ।उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ । भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ ।
भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठकमा बोलाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।यादव र भट्टराईले पार्टीबाट अलगअलग हुने समझदारी गरिसकेका छन् । सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन् । यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएका छन् ।