News Portal

  • डाक्टर बास्काेटालाई टिएसके गाेल्डमेडल

    भक्तपुर,१५ असोज २०७९
    ५९७ पटक
    doctor asok baskotaभक्तपुर,१५ असोज २०७९

    बि एण्ड बि अस्पताल तथा एचआर डिसी अस्पताल बनेपाका संस्थापक वरिष्ठ अर्थाेपेडिक सर्जन प्रोफेसर डाक्टर अशोक बास्काेटाले टिएसके गाेल्ड मेडल प्राप्त गरेका छन । हरेक बर्ष प्रदान गरिने याे मेडल world Orthopaedic concern ( WOC int) ) तथा ( CMIcs) ले हाडजोर्नी बिशेषज्ञता तथा यसमा याेगदान दिए बापत दिने गरेको अन्तर्राष्ट्रिय पदक हाे ।

    ३० सेप्टेम्बरमा क्वालालम्पुर मलेसियामा आयोजना भएको यो बिशेष अन्तर्राष्ट्रिय पुरस्कारबाट नेपाल का चर्चित हाडजोर्नी राेग बिशेषज्ञ डाक्टर बास्काेटा सम्मानित भएका हुन। डाक्टर बास्काेटा नेपालका चर्चित र आम नागरिककाे मनमा बसेका डाक्टर हुन । उनले सन २०११ मा स्वास्थ क्षेत्रकै नाेबेल पुरस्कार मानिने वर्ल्ड अफ चिल्ड्रेन हेल्थ अवार्ड, सन २०१४ मा स्टार इम्प्याक्ट अवार्ड लगायत धेरै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन ।

    नागरिकहरुले विश्वसनीय र सर्वसुलभ उपचार नपाएको समयमा उनले डाक्टर जगदीश बैद्यसंग मिलेर प्राइभेट अस्पताल बि एण्ड बि खाेलेका थिए।उक्त अस्पताललाई नागरिकहरुले रुचाए पछि उनी जन्मदै अपाङ्गता भएका बालबालिकालाई नि:शुल्क उपचार गर्ने सस्था एचआर डिसि ( बनेपामा) खाेलेर समाजसेवा गरिरहेका छन।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...