News Portal

  • भरतपुर २० मा रास्वपाको संगठन बिस्तार

    इभक्तपुर संवाददाता
    ९८८ पटक

    राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले भरतपुर २० मा संगठन बिस्तारको कार्यक्रमलाई अगाडि बढाएको छ । हालै मात्र चुडामणी पौडेलको सन्योजकत्त्वमा गठित संगठन बिस्तार समितिले छोटो समयमा नै गतिविधिलाई व्यापक बनाएको हो ।

    ‘पुर्ख्यौली पार्टी त्यागेर धेरै युवा पुस्ताले रास्वपालाई आफ्नो रोजाइको पार्टी बनाएका छन । यो खुशीको कुरा हो ।’

    चनौलीका युवा व्यावसायी तथा पार्टीका सकृय सदस्य डीआर पराजुलीले भन्नु भयो। अब गाउघर सबैतिर घन्टी बज्नेवाला छ । गत उपनिर्वाचनले सङ्केत गरिसकेको छ । अब यो लहर कसैले रोक्न सक्दैन ।’

    समितिका सदस्य तथा ब्यबसायी सालीक पौडेल ‘राजु’ को भनाइ छ । पार्टीमा आएको जन-उभार प्रति सन्योजक चुडामणी पौडेल निकै उत्साही देखिनु हुन्छ । र थप्नु हुन्छ ‘हामी मिसन-८४ मा केन्द्रित छौ। हामी अरुलाई गाली गर्दैनौ राम्रो काम गरेर देखाउछौँ । कोरा गफ हैन नतिजामुखी काम गर्छौ।’

    सदस्यता विस्तारलगत्तै छिट्टै वृहद् वडा भेला गर्ने कुरा पनि उहाँले जानाकारी गराउनुभयो ।

    स्मरण रहोस् यस अघि चुडामणी पौडेलको सन्योजकत्त्वमा गठित वडा नम्बर २० को संगठन विस्तार समितिको सदस्यहरुमा शलिक पौडेल ‘राजु’, भरतराज तिवारी, गोविन्द ढकाल, सागर घिमिरे, माधवप्रसाद भट्टराई, रिमबहादुर थापा, षडानन्द पौडेल रहेका छन्

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...