News Portal

  • महिलाको चरित्र हत्या गरेको अभियोगमा ३९ वर्षीय सारू पक्राउ

    ३४८ पटक

    काठमाडौ,  २५ साउन २०८० । महिलाको चरित्र हत्या गरेको अभियोगमा दैलेख महाबु गाउँपालिका-२ घर भएका ३९ वर्षीय तुलाराम सारूलाई प्रहरीले पक्राउ गरेको छ ।

    पसलमा सामान खरिद गर्ने क्रममा चिनजान भएकी महिलासंग फेसबुकमार्फत साथी भई उनले प्रेमको नाटक गरेको र विवाह गर्ने प्रलोभनमा पारी म्यासेन्जरमार्फत अश्लिल भिडियो तथा तस्बिरहरू रेकर्ड गरी चरित्र हत्या गरेको प्रहरीको भनाइ छ । पीडकले अश्लिल भिडियो तथा तस्बिरहरू रेकर्ड गरी दु:ख हैरानी दिनएको र प्रोफाइल ब्लक गरेपछि समेत नक्कली फेसबुक प्रोफाइलबाट पीडित महिलाको आफन्त तथा साथी भाइहरूलाई उनले सो अश्लिल भिडियो तथा तस्बिरहरू पठाएपछि पिडित महिला प्रहरीमा पुगेकी थिइन् ।

    चरित्रहत्या गरेको खुल्न आएपछि साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई पक्राउ गरेको बताइएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...