News Portal

  • कपनमा तिजविशेष कार्यक्रम सम्पन्न

    इभक्तपुर संवाददाता
    ५०३ पटक

    २०८० भाद्र १६, काठमाडौं – नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै कपनमा सशक्त महिला समुहले तिजविषेश कार्यक्रम सम्पन्न गरेको छ ।

    शनिवार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० मा रहेको कपन आकाशेधारामा सशक्त महिला समूहले आयोजना गरेको उक्त कार्यक्रममा वडा अध्यक्ष नवराज भट्टराई , वडा सदस्य रिता दाहाल र सशक्त महिला समुहका दिदिबहिनीहरुको उपस्थितीमा तिजविशेष कार्यक्रम सम्पन्न भएको हो ।

    तिजविशेष कार्यक्रमको उद्घाटन वडा अध्यक्ष नवराज भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको  उद्घाटनपछि शुभकामना मन्तव्यका क्रममा कोभिड १९ का कारण राम्रोसँग मनाउन नपाएको तिज विषेश कार्यक्रम यो पटक भव्य र उल्लासमय वातावणरमा पर्व मनाउने अवसर प्राप्त भएको बताउनु भयो ।

    वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा मनाउदै आईरहे पनि तिज पर्वमा अहिले भइरहेको विकृति र विसङ्गतिलाई रोक्न दिदिबहिनीहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले कला स‌ंस्कृतिको जगेर्ना गर्ने अवसरमा तिजलाई भड्किलो नबनाउन आग्रह गर्नुभयो । उहाँले महिलाहरुलाई उद्यमशील हुन प्रेरित गर्दै अनुदानमा आएका अवसरबाट कोहि पनि बन्चित हुन नपरोस् भन्दै विभिन्न कार्यक्रम र योजनाहरुका बारेमा ( वडा – १०) ले सामाजिक संजाल मार्फत जानकारी गराउँदै आएको बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाबाट दिईने स्वरोजगार तालिमहरुका बारेमा जानकारी दिँदै वडा सदस्य रिता दाहालले महिलाहरुलाई निडर हुन प्रेरित गर्नुभयो ।

    उहाँले सबैभन्दा पहिला आफू सशक्त र स्वस्थ बन्नु पर्ने बताउनु भयो । कहिलेकाहीँ आत्मनिर्भर र शिक्षित हुँदाहुँदै पनि नसोचेको घटाना घट्ने हुँदा महिलाका समस्याहरु महिला समूहमा पुग्यो भने ठुलै दुर्घटनाबाट बच्न सकिने भन्दै महिला समुहको धेरै महत्त्व रहेको बताउनुभयो ।

    कार्यक्रममा सशक्त महिला समुहकी अध्यक्ष उमा पुरिले संस्थाको उदेश्य र योजनाका बारेमा जानकारी दिदै तिज पर्वले पछिका पुस्तालाई संस्कार र संस्कृती सिकाउने हुँदा तिज विशेष कार्यक्रम गरिएको र हरेक पर्व सुसभ्य तरिकाले मनाउनु पर्ने बताउनुभयो ।

    कार्यक्रममा पूर्वी पहाडमा प्रचलित संगिनी भाकामा सशक्त महिला समुहका सदस्यहरुले नारि मनका विरहलाई नृत्यसङ्गै प्रतुत गरेका थिए । कवि एलिसा ढुंगानाले वर्तमानकि छोरी शिर्षकको कविता वाचन गर्दै मन्त्रमुग्ध बनाउनु भएको थियो ।

    सशक्त महिला समुहकी अध्यक्ष उमा पुरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य एलिसा ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सृजना बरालले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...