News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण, एकै दिन चार जनाको मृत्यु

    न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ। शनिबार अरू चारजनाको...बाँकी

    सुदूरपश्चिममा ‘लकडाउन’लाई थप प्रभावकारी बनाइँदै

      धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं...बाँकी

    कोरोना परीक्षणको व्यापकता बढाउन काँग्रेसको आग्रह

      काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ । नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश...बाँकी

    मास्क खोसेर अमेरिकाले ‘डकैती गरेको’ जर्मनीको आरोप

    जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2...बाँकी

    सङ्क्रमणबाट जोगिन मास्क लगाउन दिइएको सुझाव डोनल्ड ट्रम्पले नमान्ने

    अमेरिकी नागरिकलाई नाक र मुख छोप्ने मास्क लगाउन सुझाव दिइएको भए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चाहिँ मास्क नलगाउने बताएका छन् । अमेरिकी स्वास्थ्य निकायले मास्क लगाउन दिएको सुझाव आफूले पालना नगर्ने अमेरिकी राष्ट्रपति...बाँकी

    शिवराज नगरपालिकाद्वारा राहत सामग्री खरीदका लागि मूल्यसूची माग

    शिवराज नगरपालिकाले सम्बन्धित व्यापारी व्यवसायीसँग राहत सामग्रीको उचित दररेट सहितको मूल्यसूची माग गरेको छ । राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लकडाउनका कारण प्रभावित विपन्न श्रमिक वर्ग तथा असहाय...बाँकी

    बचत समूहद्वारा विपन्न र असहाय परिवारलाई राहत

      कपिलवस्तुको शिवराज ५, दक्षिण रहटकोलस्थित बचत समूह तथा टोल सुधार समितिले स्थानीय अति बिपन्न श्रमिक एवं असहाय २९ घरधुरीलाई राहत वितरण गरेको छ । लकडाउनको चपेटामा परी दैनिक जीवनयापनमा समस्या भएका परिवारलाई दैनिक उपभोग्य...बाँकी

    शिवराजले नगरभित्रका १६ सय विपन्न श्रमिक तथा असहायलाई राहत बाँड्ने

    शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा...बाँकी

    चिनियाँ गरिबी निवारण कोषकाे सहयाेगमा ‘ह्यान्डवास स्टेसन’

    चिनियाँ गरिबी निवारण कोषले जनकपुरमा हात धुने स्थलहरु सञ्चालनमा ल्याएको छ । काेषकाे  नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जनकपुर उप- महानगरपालिकामा ह्यान्डवास स्टेसनहरु सञ्चालनमा ल्याएको हाे । जनकपुरमा मान्छेको धेरै भीडभाड हुने क्षेत्र,...बाँकी

    एकै दिन ३ जनामा देखियाे काेराेना : संक्रमित संख्या ९ पुग्याे

    नेपालमा कोरोना भाइरसका थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका...बाँकी