News Portal

  • डाक्टर कुट्ने डीएसपी जिम्मेवारीमुक्त

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ४ बैशाख
    २९८६ पटक
    काठमाडौं, ४ बैशाख

    महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख रहेका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीमुक्त गरिएको छ । बिबादित बनेपछि उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको हो ।

    लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई अभद्र व्यवहार गर्दै कुटपिट नै गरेको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका तानिएको हो ।

    बुधबार साँझ भएको उक्त घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको एक छानवीन समिति समेत गठन गरिसकिएको रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी गराएका छन् ।उनका अनुसार अन्य प्रहरी पनि रानीपोखरी तानिएका छन् ।

    हेर्नुस् बिज्ञप्ती

    नेपाल चिकित्सक सङ्घले आवासीय चिकित्सक कुट्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...