News Portal

  • कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

    इभक्तपुर संवाददाता
    १०७४ पटक

    काठमाडाैं, ७ माघ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो ।

    मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ जना कामदारले पाउनुपर्ने १० करोड रुपैयाँभन्दा बढी रकम कुवेतस्थित दूतावासले कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाएको छ । कुवेतमा मृत्यु भएका कामदारले कानुनी रूपमा पाउनु पर्ने सेवा सुविधावापतको यो रकम लामो कानुनी प्रक्रियापछि दूतावासले २ चरणमा गरेर नेपाल फिर्ता पठाएको हो ।

    दूतावासले स्थानीय कानुन व्यवसायीको सहयोगमा लामो कानुनी लडाइँपछि मृतक नेपाली कामदारले पाउनु पर्ने क्षतिपूर्तिबापतको विमा रकम, बाकी रहेको तलब, उपदानलगायतका सुविधासहितको १० करोड ५० लाख रुपैयाँभन्दा बढी रकम नेपाल पठाएको जनाएको छ । सो रकम परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्लामा पठाइएको छ ।

    मृतक कामदारको सेवासुविधा नदिने रोजगारदातासँग कानुनी लडाइँपछि दूतावासले फिर्ता गरेरे हालैमात्र ५ करोड रुपैयाँ परराष्ट्र मन्त्रालयमा जम्मा गरिएको छ । एक वर्षअघि पनि ५ करोड २६ लाख रुपैयाँ पठाइएको नेपाली दूतावास कुवेतले जनाएको छ ।

    कुवेतमा मृत्यु भएका कामदारका परिवारले कानुनी प्रक्रिया अघि बढाउन नसक्ने अवस्थामा रहेका ४२ मृतक कामदारकार्फतबाट दूतावासले मुद्दा चलाएपछि २ वर्षमा २ करोड ३२ लाख ४३ हजार ६९४ रुपैयाँ रोजगारदाताले फिर्ता दिएका हुन् ।

    लामो समयदेखि मृतक र अन्य कामदारले पाउन नसकेको क्षतिपूर्ति तथा बाँकी तलब नेपाली राजदूतावास कुवेतले नियुक्त गरेको कानुन व्यवसायीको सहयोगमा रोजगारदाताबाट भराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...