News Portal

  • देउवाकै निकटका नेताहरु उनीप्रति सबैभन्दा बढी आक्रोशित

    इभक्तपुर संवाददाता
    ९१९ पटक

    काठमाडाैं, ७ माघ । कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ ।

    प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ पाउनेछ । ६३ सदस्यीय संसदीय दलको नेता निर्वाचित हुन कम्तीमा ३२ मत आवश्यक पर्छ ।

    प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका नौ सांसद छन् । कांग्रेसले आयोगमा बुझाएको सूचीको प्राथमिकताअनुसार सांसद छानिए समानुपातिकतर्फबाट देउवा पक्षका २८ आउनेछन् । प्रत्यक्ष र समानुपातिक गरी देउवा पक्षका ३७ सांसद निर्वाचित हुनेछन् ।

    प्रत्यक्षतर्फबाट पौडेल पक्षका ११ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट पनि उनी पक्षका ११ सांसद आउने देखिन्छ । नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट उनको पक्षका छनोट हुने सम्भावना कम छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा नाम रहेका उद्योगपति विनोद चौधरी भने कुनै पनि गुटमा खुलेका छैनन् ।

    दलको नेतामा देउवाको तयारी

    सभापति देउवा यसपटक पनि संसदीय दलको नेता बन्ने मनस्थितिमा छन् । प्रारम्भिक आकलनअनुसार संसदीय दलमा उनको पक्षमा सजिलै बहुमत पुग्ने पनि देखिन्छ । स्रोतका अनुसार संस्थापन पक्षले समानुपातिकतर्फबाट छानिने सांसदको पनि हिसाब गरेर प्रस्ट बहुमत आफ्नो पक्षमा आउने निष्कर्ष निकालिसकेको छ । यद्यपि, देउवानिकट नेता डा. प्रकाशशरण महतले भने प्रतिनिधिसभाको पूर्ण नतिजा आएपछि मात्र को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्ने बताए । ‘नतिजा नै आएको छैन । त्यसैले अहिले नै हामी संसदीय दलको हिसाबकिताबमा लागिसकेका छैनौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘परिणाम आएपछि बल्ल तयारी हुन्छ ।’

    यसकारण उम्मेदवार बन्न चाहन्छन् प्रकाशमान

    नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनको खेमाबाट महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सीतादेवी यादव संसदीय दलको नेताका दाबेदार हुन् । त्यसमध्ये पनि सिंह प्रमुख दाबेदार हुन् । संसदीय दलमा जित्ने अवस्था नभए महामन्त्री कोइराला उम्मेदवार नबन्ने मनस्थितिमा छन् । तर, सिंह भने देउवाको प्रतिस्पर्धीका रूपमा आपूmलाई स्थापित गर्न पनि उम्मेदवार बन्न तयार छन् । ‘महामन्त्री कोइरालाले इच्छा नदेखाए प्रकाशमान दाइ उम्मेदवार बन्ने देखिन्छ,’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने । केन्द्रीय समिति बैठकमा पनि नेता सिंह सभापति देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...