News Portal

  • छोराको मृत्युसँगै सबै सपना चकनाचुर : शवसमेत नपाउँदा रुवावासी

    कञ्चनपुर, १८ माघ
    ५३७ पटक
    कञ्चनपुर, १८ माघ

    ऋण काढेर विदेश पठाएको छोराको एकाएक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ ।

    तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत २८ वर्षीय रमेश विश्वकर्माको मृत्यु भएपछि परिवारले शव ल्याउन नपाउँदा तनावमा परेका हुन् ।

    तीन वर्षअघि पैसा कमाउन गएको छोरा अढाई वर्ष काम गरेर तीन महिनाको बिदा लिएर घर फर्किएको थियो, शेरबहादुरले भने, “त्यसपछि पुनः सोही कम्पनीमा काम गर्न फर्कियो ।” “एक महिनापछि घर फिर्ता हँुदैछु भनेर खबर गरेको थियो । काममा गएको एक वर्ष नबित्दै मृत्युको खबर पाइयो,” उनले भने ।

    “बस्दै आएको कोठामा आत्महत्या गरेको भनेर गत साउन २९ गते खबर पाइएको थियो त्यसपछि शव स्वदेश ल्याउनका लागि विभिन्न निकायमा धाए पनि शव ल्याउन सकेका छैनौँ,” उनले भने । शव ल्याउनका लागि साउदी अरबस्थित दूतावास, काउन्सिलर विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयमा निवेदन दिनाका साथै प्रधानमन्त्री, मन्त्री र सांसद सबैलाई भेटेर गुहार गर्दा आश्वासन मात्रै पाइएको मृतकका दाजु नाता पर्ने ईश्वर सुनारले बताए ।

    राजदूतावासले शव स्वदेश ल्याउनका लागि पहल भइरहेको भने पनि अहिलेसम्म पाउन नसकेको उनले बताए । घरका सबै जनाले मृतकको मुख हेर्ने भन्छन् उनले भने, “शव ल्याउन निकै कसरत गरेपनि केही सीप लागेको छैन ।”

    घरमा सधैँ रुवावासी चल्छ, शव ल्याउन नपाउँदा निकै तनावमा परिवार रहेको उहाँले बताए । सबै क्षेत्रबाट आश्वासन मात्रै पाइने शव ल्याउनका लागि कुनै निकायले पहल नगरिदिँदा निकै मर्कामा परेको उनले बताए ।

    रोजगारदाता कम्पनीले नौ महिनाको तलबसमेत परिवारलाई उपलब्ध गराएको छैन । वैदेशिक रोजगारको कमाईले घरपरिवारले आर्थिक अवस्थामा सुधार आउने आशा गरेका परिवारको कमाउने छोराको मृत्युसँगै सबै सपना चकनाचुर भएको छ ।

    दुई छोरी, श्रीमती, आमाबुबा र दुई भाइ मृतककै कमाईमा निर्भर रहेका थिए । मृतकका परिवारले शव स्वदेश ल्याउनका लागि पहल गरिदिन सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा राष्ट्रिय परिचयपत्रबारे सिकाउँदै सिडिओ कार्यालय

    राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...

    अस्पतालमै एमालेको वडाअधिवेशन, बिरामी त्रसित

    काठमाडौं। नेकपा एमालेले विरामीलाई नै त्रसित पार्नेगरी अस्पतालमै वडा अधिवेशन सम्पन्न गरेको छ। काठमाडौं तारकेश्वर...

    एउटै ब्यक्ति कांग्रेस र एमाले दुबै पार्टीको वडा नेतामा निर्वाचित

    दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन...

    भक्तपुरको एमाले वडा अधिवेशन : धेरैमा सर्वसम्मत, मध्यपुरमा बिबाद मथ्थर तर बन्द सत्र बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा...

    नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान

    ‘आईबा वल्ड बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुन नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय...