News Portal

  • बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाइने

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    ९४४ पटक
    भक्तपुर, १९ माघ

    सरकारले स्कूल बसहरुलार्इ व्यवस्थित गर्न नयाँ निर्देशिका ल्याएकाे छ । स्कूल बस निर्देशिका २०७४ पारित हुने प्रक्रियामा छ । नयाँ निर्देशिका अनुसार अब सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् ।

    सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन् । स्कुल बसलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ ।

    निर्देशिकाको मस्यौदामा १२ बर्षभन्दा माथिको हकमा सिट क्षमताबराबर संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने व्यवस्था गरिएको छ भने १२ बर्ष मुनिकाको हकमा भने बसको सिट क्षमताभन्दा एक दशमलव ५ गुणा विद्यार्थी राख्न सकिने व्यवस्था छ ।कम उमेरका बालबालिकालाई एउटै सिटमा दुईजनासमेत राख्न सकिने भएकाले यस्तो नियम बनाइएको हो ।

    बसमा विद्यार्थीलाई उभ्याएर मात्र नभई गुन्द्रुक झैँ खादेर हिडाल्ने स्कूल नयाँ नियमसंगै कारवाहीको  दायरामा आउने र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...