News Portal

  • ‘फायर साइड डेली’ को प्रेस कार्ड भिरेर एल्लो प्यागोडा पुगेका केसीको यस्तो कर्तुत

    इभक्तपुर संवाददाताभक्तपुर, २४ माघ
    १०३८ पटक
    भक्तपुर, २४ माघ

    महानगरीय अपराध महाशाखाले एक नक्कली पत्रकारलाई पक्रेको छ । नक्कली पत्रकार बनेर कार्यक्रम स्थलमा जाने र मौका पर्नासाथ चोरी गरी भाग्ने एक व्यक्ति पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसी भएको प्रहरीले भनेको छ । अपराध महाशाखा काठमाडौँको टोलीले ललितपुरबाट मंगलबार उनलाई पक्राउ गरेको हो ।

    माघ २० गते काठमाडाैंको कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा बैंकरहरुको तालीम सञ्चालन भइरहेको थियो । ‘फायर साइड डेली’ नामको नक्कली प्रेस कार्ड भिरेर एल्लो प्यागोडामा पुगेका केसीले खाजा खाने बेलामा ३ महिलाको सामान चोरी गरि भागेपछि प्रहरीको निसानामा परेका थिए । उनले ती महिलाहरुको लेडिज ब्याग, ब्यागभित्र रहेको मोबाइल लगायतका सामानकासाथै नगद रु ३२ हजार  ५ सय चोरी गरेर फरार भएका थिए ।

    उनी यस अघि पनि पटक पटक चोरी कार्यमा संलग्न भएको र मोबाइल , ल्यापटप लगायतको सामान चोर्दै हिड्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनको साथबाट प्रहरीले मोबाइल एक थान, घडी दुई थान, ब्याग एक थान, फायर साइड डेलीको प्रेस कार्ड एक थान, कार्यक्रम लेखिएको डायरी एक थान र सिमकार्ड दुई थान बरामद गरेको बताएको छ ।

    अपराध महाशाखाले केसीमाथि आवश्यक कार्याही अघि बढाउँ महानगरीय प्रहरी परिसर काठमाडौँलाई जिम्मा लगाएको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...