News Portal

  • बाम सरकारले निजी बिद्यालय बन्द गर्नुपर्छ : उपाध्यक्ष गौतम

    इभक्तपुर संवाददातानुवाकोट, २७ माघ
    ८९३ पटक
    नुवाकोट, २७ माघ

    अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विजय गौतमले बाम सरकारले बिद्यालय शिक्षामा रहेको निजी लगानीलाई विस्थापन गर्नुपर्ने बताएका छन् । गौतमले समाजवादी शिक्षाको दिशामा अगाडी बढ्दा विध्यालय शिक्षामा निजी लगानीलाई निषेध गर्नुपर्ने बताएका हुन्।

    शनिवार नुवाकोटमा आयोजित अखिल (क्रान्तिकारी)को कार्यक्रममा बोल्दै गौतमले भने, “सार्वजनिक शिक्षाको स्तरोन्नति गर्दै आवधिक कार्ययोजना निर्माण गरेर विध्यालय शिक्षामा निजी लगानी विस्थापन गरिनुपर्दछ र दुई खालको विभेदकारी उत्पादन बन्द गरिनुपर्दछ ।”
    उपाध्यक्ष गौतमले शिक्षामा कम्तिमा कुल बजेटको २०% लगानी गर्दै बाम सरकारले दक्ष र प्राविधिक जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै नेकपा (माओबादी केन्द्र)की नुवाकोट इन्चार्ज विमला सुवेदीले शिक्षा मौलिक हकको रुपमा लिपिबद्द भएकोले बाम सरकारले शिक्षामा आवश्यक बजेट विनियोजन गर्न प्रतिबद्द रहेको बताईन् ।

    अखिल (क्रान्तिकारी) नुवाकोटको अध्यक्ष प्रभास सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल (क्रान्तिकारी)का सचिव पवन कार्की, केन्द्रीय सदस्य समिर पाण्डे, प्रदिप शर्मा लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...