News Portal

  • सर्लाहीका १४ बर्षिय बालकले बनाए ई-साइकल

    प्रेमनाथ पाैडेलसर्लाही, २९ माघ
    ११३८ पटक
    सर्लाही, २९ माघ

    हुने बिरुवाको चिल्लो पात भने झैँ सर्लाही हरिवन -४ सासापुर गणेशचौकका एक १४ बर्षिय बालकले ई-साईकलको निर्माण गरेका छ्न् । जुटपानीको श्री नवजीवन विद्याश्रम उमाविमा कक्षा-८ मा अध्यनरत निश्चल (स्वर्णिम)पौडेलले आफ्नै गाउँघरमा खेर गएका पुराना सामान को प्रयोग गरेर ब्याट्रीबाट चल्ने ३ पाङ्ग्रे ईलेक्ट्रोनिक साईकल बनाएका हुन् ।

    सानै देखि तीक्ष्ण बुद्धि भएका पौडेलले कसैको सहयोग बिना नै ई-साइकल बनाएको उनका अभिभावकले जानकारी गराए । यस भन्दा अगाडी पनि सोलर टर्च ,रेडियो तथा टिभी समेत बनाउदै आएको स्वर्णिम का बुबा काशिनाथ पौडेल बताउँछन ।

    उनी उमेरले कलिलै भए पनि उनको दिमागी क्षमता प्रसंसनीय पाइएको छ । उनी सधै इलेक्ट्रीक उपकरणसंग खेल्न मनपराउने र त्यसको बारेमा खोजीनिती गरिरहने स्वभावका भएका बताउछन उनका साथी भुवन बिक । ”खेल्नमा भन्दा स्वर्णिम इलेक्ट्रीक उपकरण बनाउनमा व्यस्त हुन्छ।” बिकले भने ।

    लालबन्दी-२ जुटपानीस्थित नवजीवन विद्याश्रम उमाविका शिक्षकहरु समेत उनको प्रतिभा देख्दा दंग छन् । कक्षा ८ मा पढ्ने पौडेल आफु मोटरसाईकल , ट्र्याक्टर चलाउन को साथै धुर्मुस सुन्तली ले बनाउने घर जस्तो नभए पनि सामान्य रुपको भुकम्प प्रतिरोधात्मक घर को निर्माण गर्न सक्ने दावी गर्छन । उनले घर मा प्रयोग हुने इलेक्ट्रीक उपकरण को निर्माण आफैले गर्न सक्ने बताए ।

    उनी भन्छन् ”लाईन आए पछि सोलर ल्याम्प अन, अटो कट ,अफ ,दिउसो को समय मा बति अफ ,घर भित्र मानिश को प्रबेश सङै बति अन र बाहिर निस्के पछि आफै अफ हुने जस्ता प्रविधिका काम गर्न सक्छु ।”
    आफुमा धेरै चिजको निर्माण गर्ने सोच भए पनि अर्थको अभावमा गर्न नसकेको उनी बताउँछ्न ।

    हेर्दा सामान्य लागे पनि बाल प्रतिभालाई हौसला र प्रेरणा दिन सके ठुला आविस्कार पनि सम्भव हुन् सक्ने स्थानीय बुद्धिजीविहरु बताउँछन् ।
    पौडेल जस्तै प्रतिभावान् बिद्यार्थीहरुको पहिचान गर्दै अवसर दिन सक्नु नै राज्यको दायित्व हो । यसतर्फ सम्बन्धित सबैको ध्यान जानु जरुरी छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...