News Portal

  • बिहेको अघिल्लो रात बेपत्ता बनेका बेहुला भारतमा

    नवलपरासी, ५ फागुन
    ९२८ पटक
    नवलपरासी, ५ फागुन

    झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैंडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैँ भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ ।

    खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ।

    खोजतलासका क्रममा खरेलले मोबाइल प्रयोग नगरे पनि फेसबुक अनलाइनमा आउने गरेका कारण त्यसको स्थान भारतमा देखिएको अनुसन्धानका क्रममा थाहा हुन आएको हो ।

    भारतीय प्रहरीको सहयोगमा प्राप्त सूचनानुसार गोरखपुरमा रहेको सुन्दर गेस्ट हाउसमा समेत खरेलले रात बिताएको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

    गत माघ २२ गते खरेलको स्थानीय युवतीसँग विवाह गर्ने तय गरिएको थियो तर उनी विवाहको अघिल्लो दिन राति एकाएक बेपत्ता भएका थिए ।

    बेपत्ता खरेलको खोजी गरिदिन खरेलका दाजु गुरुप्रसादले हुलियासहितको निवेदन जिल्ला प्रहरी कार्यालयमा दिएपछि खोजतलास अगाडि बढाउने क्रममा यस्तो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ ।

    खरेल बसेको होटेलको अभिलेख हेर्दा फेला परेको परिचयपत्रको फोटोकपी, होटलका कामदारको भनाइका साथै प्राप्त सिसीटिभी भिडियो फुटेजअनुसार खरेल सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

    विवाह हुने भनेर मिति तोकिएपछि एकाएक बेपत्ता भएका खरेललाई तत्काल नेपाल ल्याइने प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...