News Portal

  • गृहनगर गौर आएर नेता नेपालले गरे पार्टी एकताबारे यस्तो घोषणा

    इभक्तपुर संवाददाताराैतहट, ६ फागुन
    ९०१ पटक
    राैतहट, ६ फागुन

    गृह जिल्ला रौतहट आइपुगेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले – माओबादी केन्द्र बीच पार्टी एकता हुने निश्चित भएको भनेका छन । नेता नेपालले यस बिषयमा अनावश्यक शंका गरेर टाउको नदुखाउन पनि भनेका छन्् ।

    ”अहिलेको दुइटा कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हप्ता भित्र एउटै पार्टी हुन्छ ।” नेता नेपालले भने । रौतहटको गौरमा आइतवार एक कार्यक्रमका बीच उनले एकताको मिति तोकेका हुन् ।

    एक दुइ दिनमै एकता हुने हल्ला लामो समयदेखि चले पनि एकता हुन् नसक्दा बिभिन्न शंका उपशंका हुदै आएका छन । ‘शंका गर्नुपर्ने आवश्यकता छैन, जनताको म्यान्डेड नै एकता हो । हतार नगरौ भनेर समय लिएको मात्र हो ।” उनले भने ।
    अहिले मिठो , पछिको तितो हुनु नहुने भन्दै नेता नेपालले अहिले नै सबै कुरा मिलाएर मात्र एकता गरिने खुलासा समेत गरे ।

    नेता नेपालले उक्त अवसरमा रौतहटको मात्र नभई समग्र तराइ मधेसकाे लागि आवश्यक हुलाकी राजमार्ग, राजधानीसँग तराई जोड्ने फाष्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका कार्यमा सरकारले तीव्रता दिने पनि दाबी गरे ।

    उक्त अवसरमा उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्नुका साथै विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने नवप्रबेशीहरुलाई पार्टी प्रवेश समेत गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...