News Portal

  • बसमा राखेर लैजादैगर्दा ६० केजी गाजा हरिवनबाट बरामद,सिन्धुलीका ३ समातिए

    प्रेमनाथ पौडेल सर्लाही, ९ फागुन
    ९८८ पटक
    सर्लाही, ९ फागुन

    सर्लाहीको हरिवनमा एक यात्रुवाहक वसबाट प्रहरीले ६० केजी लागू औषध गाँजा बरामद गरेको छ ।
    बुधबार बिहान सिन्धुलीको क्यानेश्वर हुँदै सर्लाहीको हरिवन तर्फ यात्रु लिएर आईरहेको बा२ख ४५३१ नम्बरको यात्रुवाहक वसको डिक्की र वस भित्रबाट सो परिणाम वरावरको लागू औषध गाँजा बरामद गरिएको हो ।

    हरिवन प्रहरी ले सर्लाही हरिवन नगरपालिका वडा नम्बर ८ चापिनी मा क्यानेश्वर बाट यात्रु लियर आउदै गरेको बस मा शंका लानखानतलासी गर्दा ६०किलोग्राम लागू औषध गाजा बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापा ले बताए ।

    लागु औषध गाजा ओसार पसारमा संलग्न भएको आसंका मा वसका मालिक सिन्धुली हरिहरपुरगढी गाउँपालिका ८ भिमेल बस्ने वीरसिंह भ्लोन, क्यानखोला वस्ने वसका चालक दिपक पाख्रिन, सहचालक कमल विकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको हरिवन प्रहरी ले जनाएको छ ।

    यसै गरि दुइदिन अगााडि मोटर साईकलमा लुकाई छिपाई ल्याउदै गरेको १० केेेेजी अबैध लागु औषध गाजा बरहथवाबाट प्रहरीले बरामद गरेेेको प्रहरी ले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    साझा मुद्राको अवधारणा बारे प्रस्ताव अघि सारेको गभर्नर अधिकारीको जिकिर

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले साझा मुद्राको अवधारणा बारे...

    प्रस्तावित ठाउँमै विमानस्थल बनाइने छःप्रधानमन्त्री देउवा

      प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्। उनले अहिले प्रस्तावित...

    सुचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आज (शनिबार) भक्तप्रको राधेराधे स्थित रोयल थाइ हस्पितालिटी होटलमा सुचनाको हक र सकारात्मक सोच विषयक...

    अनेसासको वरिष्ठ उपाध्यक्ष पदमा सुप्रसिद्ध कवि लालगोपाल सुवेदीको उम्मेद्वारी

    अन्तर्राष्ट्रि« नेपाली साहित्य समाज –अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लाग साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय...

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि...