News Portal

  • उपेन्द्रलाई सरकारमा ल्याउने कसरत पुरा नभएपछि मिल्यो मन्त्रालयको भागबण्डा

    इभक्तपुर संवाददाताभक्तपुर, १० फागुन
    ९७१ पटक
    भक्तपुर, १० फागुन

    एउटै पार्टी बनाउने सहमति गरेका नेकपा एमाले र माओबादी केन्द्र मन्त्रालयको बाडफाडको सहमति नजिक पुगेपछि सरकार बिस्तारको सकस सकिएको छ । एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको बार्तापछी कुरा सहमती नजिक पुगेको हो ।

    एमालेले ११ मन्त्रालय आफुसंग राख्ने र ७ माओबादी केन्द्रलाई दिने सहमती भएको छ । यसअघि माओबादी केन्द्रले ८ मागेको थियो भने एमाले ५ मन्त्रालय मात्र दिन तयार थियो ।

    एमाले अध्यक्ष ओलीको उपेन्द्र यादवलाई सरकारमा ल्याउने कसरत पुरा नभएपछि त्यो भागपनि माओबादीलाई थपिएको हो ।

    उपेन्द्र यादवको संघीय समाजबादी फोरमलाई २ मन्त्रालय दिने र राजपालाई १ मन्त्रालय दिएर सरकारमा सामेल गर्ने ओली कसरत पुरा हुन् नसकेपछि माओबादी केन्द्रले बिहिबार नै संख्याको बिषयमा कुरा मिलेको छ ।

    प्रारम्भिक प्रस्तावमा निम्न बमोजिम मन्त्रालयको भागबण्डा भएको छ । यद्यपी शुक्रवारसम्ममा केही मन्त्रालय फेरबदल हुन् सक्ने अवस्थालाई नकाएर नसकिने बालुवाटार श्रोतले बताएको छ ।
    एमाले
    अर्थ
    परराष्ट्र
    रक्षा
    भौतिक पूर्वाधार तथा यातायात
    संघीय मामिला तथा सामान्य प्रशासन
    सूचना सञ्चार
    कानुन, न्याय तथा संसदीय मामिला
    शिक्षा तथा खेलकुद
    स्वास्थ्य तथा जनसंख्या
    श्रम तथा रोजगार तथा महिला बालवालिका
    वन तथा वातावरण

    माओवादी केन्द्र

    गृह
    जलस्रोत तथा ऊर्जा
    उद्योग, वाणिज्य तथा आपूर्ति
    शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
    वन तथा वातावरणशिक्षा तथा खेलकुद
    कृषि, सहकारी तथा भूमि व्यवस्थापन
    श्रम तथा रोजगार तथा महिला बालवालिका
    पर्ययन

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...