News Portal

  • घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय समिति बनाउदै एण्टोको राष्टिय सम्मेलन सम्पन्न

    इभक्तपुर संवाददाताकैलाली, १२ फागुन
    ८६४ पटक
    कैलाली, १२ फागुन

    अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ ।

    शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उद्घाटन गरेका थिए । सम्मेलनबाट उपाध्यक्ष टिकादेवी राई र लक्षिराम ढकाल, गुणाखर भट्टराई, धनबहादुर वम, रुद्र केसी, महासचिव रमेश रुपाखेती, सचिव विकास न्यौपाने, कोषाध्यक्ष शंकर ढकाल चयन भएका छन् ।

    शिक्षण पेशाको ग्यारेन्टी र शिक्षा परिवर्तन गर्न आन्दोलन गरौ भन्ने मूल नारा तय गरेको संगठनले आगामी दिनमा शिक्षामा रहेको भ्रष्टाचारका विरुद्ध कडा अभियान सञ्चालन गर्ने जनाएको छ । साथै शिक्षण पेशामा रहेका समस्याहरु र शैक्षिक परिवर्तनका लागि संघर्ष केन्द्रित गर्ने निर्णय सम्मेलनबाट पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...