News Portal

  • हाकिमचोकमा प्रचण्डको जनता रिझाउने यस्तो प्रयास

    इभक्तपुर संवाददाताचितवन, १३ फागुन
    ५९३ पटक
    चितवन, १३ फागुन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताका हरेक समस्याको समाधानमा लाग्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाको हाकिमचोकमा स्थापना गरिएको क्षेत्र नं. ३ को सम्पर्क कार्यालयको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् ।

    कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान क्षेत्र नं. ३ र चितवनको विकास र सुशासनमा केन्द्रीत रहेकोले जनताका घरघरमा हुने दुःख र सुःखमा साथ दिन जनता र कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “प्रचण्डले निर्वाचन जितेको क्षेत्र र सिँगो चितवनमा सुशासन, जनताका दैनिक समस्याको समाधान तथा साना ठूला विकास कसरी काम हुन्छ भन्ने कुरा सिँगो राष्ट्र र विश्वले हेरेको हुन्छ ।

    लोकतान्त्रिक गणतन्त्रको नेतृत्वले पहिलोपटक निर्वाचन लडेर यहाँ सुसशान र समस्या समाधान गर्न कस्तो विधि प्रणाली स्थापित गर्छ भन्ने सबैले हेरेको हुन्छ ।” अध्यक्ष प्रचण्डले भने, “त्यसैले सम्पर्क कार्यालयले जनताका घरघरमा हुने समस्या, गुनासा सुन्ने र तिनको समाधान पहिल्याउने भूमिका निर्वाह गर्न सकोस भनेर कार्यालय स्थापना गरिएको हो ।”

    विकास निर्माण, सुशासन र जनसरोकारका कामहरु योजनाबद्धरुपमा अघि बढाउन जनसम्पर्क कार्यालयको आवश्यकता बोध गरेर स्थापना गरिएको बताउँदैदै अध्यक्ष प्रचण्डले जनताका समस्या समाधानमा संस्थागत प्रयास गर्ने अवसरलाई उपयोग गर्न सम्पर्क कार्यालयले भूमिका खेल्ने बताए । उनले भने, “जनताका गुनासा केन्द्रीत गर्ने सुख, दुखमा जनतासँग प्रत्यक्ष जोडिने काम यो कार्यालयमार्फत हुने छ ।

    हरेक घरघरमा हुने समस्या के छन् ? कतिबेला दुःख पर्छ, कतिबेला सुःखका कुरा आउँछन, त्यतिबेला पार्टी र सांसदलाई जोड्ने पुलको रुपमा कार्यालयका कमरेडहरु भूमिका खेल्नुपर्ने हुन्छ । जनताको कुनै पनि गुनासो सुनिएन भन्ने गुनासो नआओस् ।” कार्यकर्तालाइ उनले निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...