News Portal

  • कम्युनिष्ट औकात देखाउदै ओली-प्रचण्ड : धेरैमा बज्यो खतराको घन्टी

    इभक्तपुर संवाददाताभक्तपुर, १८ फागुन
    ९७१ पटक
    भक्तपुर, १८ फागुन

    प्रधानमन्त्री केपी ओली ले आफ्नो सरकार भ्रस्टाचार बिरोधी भएको भनेका छन । उनले आफ्नो कार्यकालमा भ्रस्टाचार प्रति सुन्य सहनसिलाताको समेत प्रतिबद्दता जाहेर गरेका छन ।

    शुक्रवार राजधानीमा एक मुटु रोगको उपचार केन्द्रमा एनेक्स भवन सिलान्यास गर्दै प्रम ओलीले भ्रस्टाचारमा अनुदार रहने प्रस्ट पारे । आफुलाई कसैसंग कुनै शुभलाभ लिनुदिनु नरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा भ्रस्टाचार नहुने ‘च्यालेन्ज’ गरे ।

    ”कसैले मेरो नेतृत्वको सरकार भ्रष्टचारी हो भनेर औला ठड्याउन पाउने छैन ।” उनले दावी गरे । सफा गर्न सफा नै हुनुपर्ने भन्दै उनले यो सरकारले देशलाई भ्रष्टचार मुक्त बनाउएरै छोड्ने बताए ।

     

    त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुमाउरोपाराले प्रधानन्यायाधीशमाथि महा अभियोग लगाउने संकेत गरेका छन । शुक्रवार सहिद तथा बेपत्ता परिवार लाई सम्मान गर्न नवलपरासीको बर्दघाट पुगेका प्रचण्डले न्यायालयमा बसरे बेइमानी गर्नेहरुको दिन सकिएको बताएका हुन् ।

    न्यायालयमा बेइमानी गर्ने र जाली फटाहाका पक्षमा न्याय दिनेलाई महाअभियोग लगाउने समय आएको अध्यक्ष प्रचण्डले जिकिर गरे। पैसाको पछि लागेर न्याय बेच्ने न्यायाधिस हुन् नसक्ने भन्दै उनले महाअभियोग लगाएर कम्युनिष्ट सरकारले त्यस्तालाई ठिक पार्ने चेतावनी दिए ।

    उनले न्यायालयका भ्रष्टहरुदेखि कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा बसेर भ्रस्टाचारमा लिप्तहरु लाई जेल जान बाट कसैले रोक्न नसक्ने दावी समेत गरे ।

    ”प्रधानमन्त्री देशकै लागि १४ वर्ष जेल बस्नुभएको छ , म स्वयम् वर्षौ बनबास बसेको छु । हाम्रो अबको कदम नै भ्रष्टाचार मुक्त नेपाल हो ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...