News Portal

  • भारतीय मिडियाहरुले भने-पाकिस्तानलाई प्राथमिकता दिएर नेपालले चुनौती खडा गर्यो

    इभक्तपुर संवाददाताभक्तपुर, २१ फागुन
    ८२२ पटक
    भक्तपुर, २१ फागुन

    पाकिस्तानका प्रधानमन्त्री शाहिद खक्कान अब्बासी सोमवार दुइ दिवसीय भ्रमणमा काठमाडाैं आइपुगेका छन् । उनको नेपाल भ्रमणको बिषय भारतको लागि भने टाउको दुखाइको बिषय बनेको छ ।

    भारतीय विदेश मंत्रालयले अब्बासीको नेपाल यात्रा लाई लिएर आधिकारिक रुपमा त केहि पनि बताएको छैन तर त्यहाँका मिडियाहरुले नेपाल चीन र पाकिस्तानको कूटनीतिक चालमा पर्न सक्ने भारतीय चिन्ता जाहेर गरेका छन ।

    ”ओली जब पहले पीएम बनेका थिए तब उनले भारत विरोधी रवैया देखाएका थिए । अहिले उनी दोबारा पीएम निर्वाचित भएका छन र भारतले उनलाई मनाउने काफी कोशिशका बाबजुद उनको रवैयामा खास बदलाव आएको देखिएको छैन।” एक भारतीय अनलाइन पत्रिका जागरणले उल्लेख गरेको छ ।

    केपी ओलीले आफु आफ्नो देश हर जरुरतमा भारतमाथि निर्भर भएको हेर्न नचाहेको भन्दै चीनभ्रमणको क्रममा बोलेको कुरा उद्घृत गर्दै समाचारमा भनिएको छ पाकिस्तानी पीएमको भ्रमण त्यसकै कडीको रुपमा आएको छ ।

    यो संभवत: पहिलाे मौका हो जब नेपालमा नयाँ सरकार गठन पछि  भारतीय पीएम भन्दा पहिले पाकिस्तानका पीएमको भ्रमण भैरहेको छ । भारतीय मिडियाहरुले यसलाई भारतीय कुटनीति माथिको चुनौतीको रुपमा व्याख्या गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...