News Portal

  • पूर्व प्रधानन्यायाधिस कार्कीको कथन् : नमिले सम्बन्ध बिच्छेद गर्नु उत्तम

    इभक्तपुर संवाददाताकाठमाडौँ, २४ फागुन
    ६४८ पटक
    काठमाडौँ, २४ फागुन

    पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जनप्रतिनिधिको बजेट सदुपयोग गर्दै महिला शिक्षामा लगाउनुपर्ने बताएकी छन् ।

    त्रिभुवन विश्वविद्यालय गृह विज्ञान केन्द्रीय विभाग तथा महिला अध्ययन कार्यक्रमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले राज्यले महिला शिक्षामा जोड दिनुपर्ने बताए । “हामी चेतनशील भएमात्र समाज परिवर्तन गर्न सक्छौँ,”– उनले भनिन् ।

    उनले महिला पुरुष मिलेर बस्नु राम्रो हुने भन्दै यदि बस्न नसके सम्बन्धविच्छेद गरेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् । महिला अधिकारकर्मीले विभिन्न कारणले पीडित भएका महिलालाई आर्थिक सहयोग गरेर माथि उठाउनुपर्ने उनको भनाइ थियो ।

    त्रिवि गृहविज्ञान केन्द्रीय विभागका प्रमुख मनसा थापा ठकुराठीले महिला दिवस एक दिनमात्र मनाएर नहुने भन्दै सकारात्मक परिवर्तनका लागि वर्षभरि नै प्रयास गर्नुपर्नेमा जोड दिए । समान अधिकारका लागि महिला नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

    गृह विज्ञान केन्द्रीय विभागका प्रा डा निर्मला उप्रेतीले समाजमा विभिन्न खालका चुनौती भएकाले त्यसलाई चिर्दै सरकारको आश नगरी व्यक्ति स्वयं आफैँले सक्रियता देखाउनुपर्ने बताए ।

    समान ज्याला, समान अधिकार, कामको निश्चित समय, काम गर्ने वातावरणको माग राख्दै अघि बढेको विश्व महिला मुक्ति आन्दोलन मार्च ८ अर्थात् आजका दिन १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा विश्वभर मनाइँदैछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...