News Portal

  • जन्मदिनमा पूर्वमन्त्री पोखरेलले गरे पून्यको काम , हात्तीलेट बन्यो बालबिबाह मुक्त गाउँ

    विमल आचार्य बर्दिबास, २५ फागुन
    ८१२ पटक
    बर्दिबास, २५ फागुन

    बर्दिवास नगरपालिकाको वडा नम्बर ८ रहेको गाउँ ‘हात्तीलेट’ बालबिबाह मुक्त गाउँ घोषणा भएको छ । पूर्व मन्त्रीसमेत रहेका यहाँका सांसद गिरिराजमणि पोखरलले बिहीवार एक बिशेष कार्यक्रमकाबीच बर्दिवास -८ लाई बालबिबाह मुक्त घोषणा गरेका हुन ।

    उक्त अवसरमा बोल्दै पोखरेलले सानै उमेरमा हुने विवाह एउटा बिडम्बना भएको र यो एउटा घरको नभई सिंगो मानव समाजकै लागि अभिशाप भएको भन्दै हात्तेलेटले यसबाट मुक्ति पाएकोमा जनप्रतिनिधिको हैसियतले आफुमा हौसला थपिएको जिकिर गरे ।

    ” हात्तीलेटले गाउँलाई बालविवाहमुक्त बनाएर राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरणीय कार्य गरेको छ । हात्तीलेट मात्र होइन , अरु गाउँ पनि बालबिबाह मुक्त गराउने अभियानमा म आफुलाई समर्पित गर्ने प्रतिबद्धता प्रकट गर्दछु ।” पोखरेलले भने ।

    वडा मात्रै नभएर सिंगो नगरपालिका, जिल्ला अनि देशलाई नै बालबिबाहबाट मुक्त बनाउनु पर्नेमा समेत उनको जोड रहेको छ ।

    तराइमधेशको मुख्य समस्या बालबिबाह पनि भएको र पढ्ने उमेरमा बिबाह हुँदा तराइमधेस प्रगतिमा पछि परेको जिकिर गर्दै पोखरेलले किसोर किसोरीलाई शिक्षा, सीप तथा रोजगारीमा पहुँच पुर्याउन स्थानीय तहले ध्यान दिनुपर्ने पनि बताए ।
    ”बालविवाहमुक्त क्षेत्र घोषणा गरेर मात्रै हुदैन, त्यसको प्रभावकारी कार्यान्वयन र अनुगमन पनि गर्नुपर्दछ।” उनले भने ।

    अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीवार आयोजना गरेको घोषणा कार्यक्रममा संयोगवस आफ्नो जन्मदिन पनि परेपछि पूर्व मन्त्री पोखरेल दंग परेका थिए । जन्म दिनमा पून्यको काम गर्न पाएको भन्दै इभक्तपुरसंग पोखरेलले खुशी साट्न समेत भ्याए ।

    उक्त अवसरमा बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीले हात्तीलेट मात्र होइन पुरै नगरलाई नै नमूना बनाएर देखाउने प्रतिबद्धता जाहेर गरेका थिए भने उक्त वडाका वडा अध्यक्ष शमशेरसिंह लामाले बालबिबाह मुक्त हात्तीलेटको सफल कार्वान्यनमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...