News Portal

  • पुरुषलाई २५ प्रतिसत आरक्षण

    इभक्तपुर संवाददाताकाठमाडौं, २५ फागुन
    ६०८ पटक
    काठमाडौं, २५ फागुन

    एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको छ ।

    राज्यका हरेक निकायमा ३३ प्रतिशत अनिवार्य महिला आरक्षणको व्यवस्था भए पनि महासंघले आफ्नो महिला केन्द्रित कार्यक्रममा २५ प्रतिशत पुरुष आरक्षण दिएर कार्यक्रम गर्दै आएको छ । आजको महिला सम्मेलनमा २४८ मध्ये एक तिहाइ पुरुष सहभागी थिए ।

    “अल्पसंख्यक हुँदा कस्तो अनुभूति हुँदो रहेछ भन्ने अनुभूत गराउन जिफन्टले आयोजना गर्ने महिलासम्बन्धी कार्यक्रममा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत प्रतिनिधि बनाउने विधि अवलम्बन गरेका हौँ”, जिफन्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने, “यसले पुरुषमा महिलाका विषयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न सहयोग गरेको छ ।”

    जिफन्टका महासचिव विष्णु लम्सालले नीतिनिर्माण तहमा पुरुषको बोलवाला रहेको अवस्थामा शुरु गरिएको यो अवधारणाले पुरुषलाई पनि महिला अधिकारका विषयमा सचेत हुन प्रेरित गरेको बताए ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालमा महिलाको नीतिनिर्माण तहमा वृद्धि भएको संख्या एसियामा नै देखाउन लायक भएको धारणा व्यक्त गरे ।

    एमालेका सांसद बिन्दा पाण्डेले लामो संघर्षले महिला अधिकार स्थापित गर्ने पक्षमा धेरै उपलब्धि हासिल भएको भन्दै अझै पनि केही विषयमा अभियान चलाउनुपर्ने बताइन्

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...