News Portal

  • नुहाउन योग्य बनाउने भन्दै वलीसंगै हनुमतीमा हामफाले अभियन्ता

    इभक्तपुर संवाददाताभक्तपुर, २६ फागुन
    ९७४ पटक
    भक्तपुर, २६ फागुन

    भक्तपुरको धार्मिक आस्थाको धरोहर समेत रहेको हनुमती खोला ढलमती बनेपछि अभियन्ताहरु सरसफाइमा जुटेका छन । अघिल्लो हप्ताबाट अभियानकै रुपमा शुरु गरिएको सरसफाई अभियान प्रत्यक शनिवार संचालन गर्ने उद्घोष बमोजिम आज पनि उत्साहपूर्वक सम्पन्न भएको छ ।

    बिगत १५ बर्ष यता देखि क्रमस: प्रदुषित बन्दै आएको नदि यतिबेला डम्पिङ्ग साइट जस्तै बनेको छ । कुनै बेला किसानले पानी खाने र केटाकेटीहरु पौडी खेल्ने यो खोलाको इतिहास कथा जस्तै बन्न पुगेको छ । तर यसलाई पूरानै अवस्थामा फर्काउने सपना देखेका छन यहाका जनप्रतिनिधिले र यसमा साथ् दिएका छन सचेत स्थानीयले । त्यसैले आज फोहोर सोर्न मानिसहरु सक्रिय भएको दृश्य हेर्न लायक देखिएको छ ।

    मानिसहरु फोटो खिच्न मात्र सफाई अभियानमा जुटेका थिएनन । करिब १२ ट्रक फोहोर संकलन गर्न समेत सफल भएका छन । आजको यस कार्यक्रममा प्रमुख आकर्षण बनेकी थिईन कलाकार तथा पत्रकार समेत रहेकी सांसद कोमल वली । वलीले गीत गाउदै सरसफाई अभियानलाई रोमाञ्चक समेत बनाएकी थिइन् ।

    यस क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं एमाले नेता महेश बस्नेतको सक्रियताले कतिपयले यसलाई एमालेकृत अभियानको संज्ञा दिएता पनि आजको कार्यक्रममा अन्य राजनीतिक दलसंग  आस्था राख्नेहरु पनि उत्साहजनक रुपमा संलग्न भएका देखिन्थे ।

    कोमल वलीको प्रमुख आतिथ्यमा भएको आज दोस्रो हप्ताको सरसफाई कार्यक्रममा प्रदेशसभाका सदस्य, नगरपालिकाका मेयर उपमेयरलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरु , विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु , संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,खेलाडी , ब्यापारी , विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय टोलवासीहरु लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...