News Portal

  • सर्लाहीका सिवाकोटी बने मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको अध्यक्ष

    इभक्तपुर संवाददाताहेटौडा, २८ फागुन
    १०९९ पटक
    हेटौडा, २८ फागुन

    अखिल क्रान्तिकारीका नेता रामकृष्ण सिवाकोटी मकवानपुर बहुमुखी क्याम्पसको इकाई कमिटिका अध्यक्ष चुनिएका छन । सोमवार बसेको इकाई कमिटि भेलाले सिवाकोटीलाई अध्यक्षमा चयन गरेको हो ।

    अखिल क्रान्तिकारीको संयोजकको रुपमा मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थीको हक हितका लागि आवाज उठाइरहने नेता सिवाकोटीले बिद्यार्थी आन्दोलनको अगुवाई समेत गर्दै आएका छन ।

    बीबीएस दोस्रो बर्षमा अध्ययनरत सिवाकोटी अखिल क्रान्तिकारीको मकवानपुर बहुमुखी क्याम्पस अध्यक्षमा निर्बिरोध चयन भएका नम्रता रिमालले जानकारी गराइन ।

    सर्लाही घर भएका सिवाकोटी मकवानपुरे बिद्यार्थी राजनीतिमा सक्रिय नाम हो । उनी मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक आन्दोलनको अलावा अन्य सामाजिक तथा राजनीतिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहेका छन ।

    अखिल क्रान्तिकारीको मकवानपुर बहुमुखी क्याम्पसमा सिवाकोटीको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति बनाइएको बताइएको छ । जसको वरिष्ठ उपाध्यक्षमा छोइसन लामा उपाध्यक्षमा बुद्धराज अर्याल सचिबमा बाबुलाल बराईली सहसचिवमा रुपेश शाह र रमन कार्की त्यसैगरी कोषाध्यक्षमा आशिक प्रसाद मिश्र रहेको एक बिद्यार्थी नेताले बताए ।

    सदस्यहरुमा सफल बर्तौला, सुजाता गोले,रिम्की माया मोक्तान ,दुर्गा राज भ्लोन ,सागर श्रेष्ठ ,उर्मिला धिताल,पासाङ थिङ,अन्जन थापा र दिपु क्षेत्री रहेका छन । भेला प्रदेश सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका नेता प्रेम बहादुर पुलामिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...