News Portal

  • ५० हजार टाउकाको मूल्य तोकिएका तिमिल्सिनाले पाए राष्ट्रिय सभाको प्रमुख पद

    इभक्तपुर संवाददाता भक्तपुर, २८ फागुन
    ९०५ पटक
    भक्तपुर, २८ फागुन

    राष्ट्रियसभा अध्यक्षमा गणेश तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

    एमालेका खिमलाल भट्टराई प्रस्तावक र माओवादी केन्द्रका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल उनको समर्थक रहेका थिए । तिमिल्सिनाको प्रतिष्पर्धामा कसैको उम्मेद्वारी नपरेपछि उनी निर्बिरोध निर्वाचित भएका हुन् । यद्यपी उनी निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार राष्ट्रियसभा बैठकले गर्नेछ ।

    तिमिल्सिना एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेश ४ का सहसंयोजक हुन् । उनी प्रम केपी ओली प्यानलका नेता मानिन्छन ।

    २०३६ साल अघिबाटै कम्युनिष्ट आन्दोलनमा सक्रिय उनी केपी ओली संगै जेल जीवन बिताएका नेता हुन् ।

    प्रजातन्त्र पुनर्बहालीको माग राख्दै ससक्त ढंगले लागेका कारण तत्कालिन सरकारले उनको टाउकाको मुल्य ५० हजार तोकेर ल्याउनेलाई इनामको घोषणा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...