News Portal

  • रामजी भुसालको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठन भक्तपुरमा ११ सदस्यीय समिति गठन

    इभक्तपुर संवाददाताभक्तपुर, २९ फागुन
    ६२५ पटक
    भक्तपुर, २९ फागुन

    नेकपा निकट नेपाल क्रान्तिकारी पत्रकार संगठनले भक्तपुरमा शाखा बिस्तार गरेको छ । पत्रकार रामजी भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

    मंगलबार कौसलटारमा आयोजित प्रथम जिल्ला सम्मेलनबाट भुसालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध चयन भएको उपत्यका संयोजक जन्मदेव जैसीले जानकारी गराए गराए । उपाध्यक्षमा सन्तोष बलम्पाकी , सचिवमा अमृत पाण्डे, सहसचिवमा कमल थापा, कोषध्यक्षमा कमला भुसाल चयन भएको बताइएको छ ।

    सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले बर्गीय समाजमा पत्रकारिता स्वतन्त्र हुने कुरा बकवास मात्र भएको भन्दै जनपक्षीय पत्रकारीताको लागि भक्तपुरको कमिटीले काम गर्नुपर्ने भनेका छन् । उनले कर्पोरेट मिडियाले जिल्ला रिपोर्टरको नाममा बजार प्रतिनिधि खटाएकोले जनताको कुरा मिडियामा आउन नसकेको समेत जिकिर गरे ।

     

    त्यसैगरी सम्मेलनमा विशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी कुशल बोगटीले मिडिया जनपक्षीय नहुन्जेल जनताको पक्षमा लड्नेहरुको कुरा जनताले थाहा नपाउने भन्दै जनपक्षीय पत्रकारले क्रान्तिलाई जनतासंग जोड्नुपर्ने जिकिर गरे । बोगटीले जनताको पक्षमा लेख्ने र बोल्ने पत्रकारको सुरक्षा नेकपाले गर्ने दावी गर्दै निडर भएर जनपक्षीय पत्रकारीतामा लाग्न समेत अपील गरे ।

    त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यसमेत रहेका संगठनका उपत्यका इन्चार्ज जन्मदेव जैशीले परिवर्तन बिना जनताको मुक्ति सम्भव नभएको भन्दै परिवर्तनकारी बिचारलाई बुलन्द गर्न पत्रकारहरु एकजुट हुनुपरेको जिकिर गरे । कार्यक्रम संगठनका केन्द्रिय सदस्य बाबुराम भुसालले संचालन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...