News Portal

  • पेरिस डाडाँमा प्रचण्डले बाबुरामसंगै बोलाए बैद्य र बिप्लव पनि

    इभक्तपुर संवाददाताकाठमाडौँ, चैत १ गते
    ११७० पटक
    काठमाडौँ, चैत १ गते

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन आग्रह गरेका छन ।पछिल्लो समय एकता अभियानमा आउन आफ्ना पूराना सहयात्रीहरुलाई आह्वान गर्दै आएका नेता प्रचण्डले बिहीवार पुनः सो आग्रह गरेका हुन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा गोरखाका नयाँ शक्तिका नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउदै उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गरेका डा बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा नेता भट्टराइ औन पर्ने भनेका छन ।

    अध्यक्ष दाहालले भने, “शहीद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस् । बिग्रिएको केही छैन । एकतामा आउनुस् । मिलेर समाजवादको यात्रा तय गरौँ ।”

    उनले मोहन वैद्य र नेत्रविक्रम चन्द बिप्लवलाई समेत एकतामा आउन आग्रह गरे । संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनले जिकिर गरे ।

    नेपाली जनताले वाम गठबन्धनलाई सुविधाजनक बहुमत दिएकाले जनअ‍ेपक्षाअनुसार सरकारले काम गर्ने विश्वास पनि दिलाउदै प्रचण्डले जनताको पक्षमा काम गर्ने वास्तविक अवसर यतिबेला आएको दावी गरेका छन । उनले यो बेला सबै परीवर्तनकारीहरु एकजुट हुनसके देशको सम्वृद्धिलाई कसैले रोकेर रोक्न नसक्ने बिश्वाश व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...