News Portal

  • जिल्ला शिक्षा कार्यालय खारेज नहुने मन्त्री पोखरेलको खुलासा

    काठमाडौं, ५ चैत
    १८५८ पटक
    काठमाडौं, ५ चैत

    जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । आगामी चैत्र २८ गतेपछि जिल्ला शिक्षा खारेज हुने भनिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जिल्ला शिक्षा खारेज नगरिने जनाएको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले चैत्र २८ मै जिल्ला शिक्षा कार्यालयहरु भंग नगरिने बताए । जिल्ला शिक्षा कार्यालयहरु अहिलेकै अवस्था र स्वरुपमा नरहने भएपनि तत्काल भंग नगरिने उनले स्पष्ट पारे ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको सम्मान कार्याक्रममा बोल्दै मन्त्री पोखरेलले तत्काल जिशिका खारेज भन्दापनि यसको रुपान्तरित स्वरुप बारे छलफल चलिरहेको बताए ।

    रुपान्तरित जिशिकाबारे छलफल चलिरहेको छ । आवश्यक निकासका लागि मन्त्रिपरिषद्बाट निर्णय गरिन्छ । मन्त्री पोखरेलले भने– “तकालै जिशिका खारेज गर्नेबारे मन्त्रालयले सोचेको छैन ।”

    जिशिका खारेज नगर्नुको अर्थ मुलुकमा चार तहको संरचना रहने भन्ने नभएको भन्दै पोखरेलले तीनतहकै संरचना भित्र जिशिकालाई पनि व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । तीनतहकै राज्य संरचना भित्र जिशिका पनि समेट्ने गरी तयारी भइरहेको मन्त्री पोखरेलले स्पष्ट पारे ।

    स्रोत व्यक्तिका सन्दर्भमा पनि मन्त्रालयमा छलफल चलिरहेको भन्दै मन्त्री पोखरेलले त्यसमा पनि पुनरावलोकन हुनसक्ने बताए । हिजो थिए भन्दैमा अबपनि चाहिन्छ भन्ने हुँदैन तर, उनीहरुको कार्यमुल्यांकन हेरेर आवश्यकताको पुष्टि भए स्रोत व्यक्तिहरु रहन पनि सक्ने उनले स्पष्ट पारे । आवश्यकताको औचित्य पुष्टि नभए स्रोत व्यक्ति नरहन पनि सक्ने उनको भनाई थियो ।

    शुभकामना र वार्षिकोत्सवमा नबोलाउनुस्
    शिक्षामन्त्री पोखरेलले आफु काम गर्न मन्त्रालयमा आएकाले शुभकामना दिन, वार्षिकोत्सव उद्घाटन गर्न आफुलाई निमन्त्रणा नगर्न समेत आग्रह गरे । आफु शिक्षामा विकास, प्रविधि र सुशासन जोड्ने दृष्टिकोण सहित अघि बढ्ने भन्दै मन्त्री पोखरेलले अब शिक्षकहरुको मूल्यांकन कक्षाको उपलब्धिका आधारमा हुने स्पष्ट पारे । विद्यालय खत्तम पारेर, सिकाइ उपलब्धि कमजोर पारेर नेता बनेका शिक्षकहरुलाई मन्त्रालयले तह लगाउने उनले बताए ।

    केही दिनमै शैक्षिक प्रतिवद्धता सार्वजनिक गरिने
    शिक्षामन्त्री पोखरेलले आफु यसअघि मन्त्री हुँदा पनि १८ बुंदे प्रतिवद्धा सार्वजनिक गरी सोही अनुसार अघि बढेको भन्दै अबपनि छिट्टै शैक्षिक प्रतिवद्धता सार्वजनिक गर्ने तयारी भइरहेको बताए । शिक्षालाई विकास, सुशासन र प्रविधिमैत्री बनाउने गरी छिट्टै प्रतिवद्धता सार्वजनिक गर्ने उनले जानकारी दिए ।

    कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले अस्थायी, राशत, पिसिएफ, उमावि शिक्षक, इसिडि शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्न शिक्षामन्त्रीसँग आग्रह गरेका थिए ।

    कार्यक्रममा संगठनले शिक्षा मन्त्री  बन्न सफल भएको भन्दै मन्त्री पोखरेललाई सम्मान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...