News Portal

  • क्रुरताको पराकाष्ठा : दाजुको रीसले आफ्नै भतिजा भतिजीको बन्चरो हानी हत्या

    रोल्पा, २० चैत
    ११५८ पटक
    रोल्पा, २० चैत

    त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ ।

    त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

    हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ ।

    नाबालकको हत्यापछि फरार रहेका विकको प्रहरीले खोजी गरी हिजै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

    मृतक नाबालक हत्या आरोपी विकका दाजुका छोराछोरी भएको बताइएको छ ।

    दाजुसँग पटकपटक झगडा गरिरहने हत्या आरोपी विकले केही दिन अघि समेत झगडा गरेको बताइएको छ ।

    आरोपी विकले गाउँघरमा समेत झैझगडा गरिरहने गरेको छिमेकीले बताएका छन्

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...