News Portal

  • चमेरे गुफा सम्बन्धी केहि गन्थन

    नारायणी रजौरे दाङ, २१ चैत
    १६८४ पटक
    दाङ, २१ चैत

    दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ ।

    करीब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने सके बाह्रैमहिना तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयवासीको भनाइ छ ।

    चमेरी गुफासम्म पुग्नको लागि सामान्य मोटर बाटो पुगे तापनि प्रर्याप्त रुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । तुलसीपुर बजारदेखि करीब १२ किलोमिटरको दुरीमा रहेको यस गुफाको प्रचारप्रसार र सम्बद्र्धन गर्ने सके पर्यटकीय स्थिलको रुपमा विकास गर्ने सकिने यहाँका जानकारहरुको भनाइ छ ।

    प्राकृति रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नेसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास हुने निश्चित छ । हाल गुफामा दैनिकरुपमा ५० देखि ६० सम्म सर्वसाधारण अवलोकनका लागि जाने गरेको गुफा संरक्ष्ण समितिले जनाएको छ ।

    विभिन्न तीन तला रहेको उक्त गुफासम्म पुग्नको लागि जिल्ला विकाश समिति दाङ, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोगमा पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन नसको स्थानीयवासीको भनाइ छ ।

    गुफाभित्र विभिन्न देवी–देवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ ।

    गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ । बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरी गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरी गुफा हुन गएको जानकार बताउँछन् ।

    करीब २०५२ सालमा पता लागेको यस गुफा कसले र कसरी पत्ता लाग्यो भन्ने बारे सबै अनभिज्ञ रहेका छन् । जानकार भने भिरमा घाँस काटन जाँदा पत्ता लागेको बताउँछन् ।

    गुफासम्म पुग्न बाटोमा सिँढी निर्माणको काम थालनी भए पनि बजेट अभावका कारण सो काम सम्पन्न हुन नसकेको बताएको छ । चमेरी गुफासम्म तत्कालीन तुलसीपुर नगरपालिका र जिविस दाङको
    सहयोगमा बिजुली पुगे पनि सो विद्युत्ले मात्र प्रर्याप्त नभएको बताएको छ ।
    यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीयवासीले सरोकार निकायलाई यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

    स्थानीय तथा चेमेरे गुफा संरक्षण समितिका संयोजक भूपबहादुर पुनले यसको विकाशका लागि सबै लाग्नुपर्ने बताए । उनले भने, “गुफाको प्रचारप्रसार र विकास गर्ने सके पर्यटकीयक्षेत्रको रुपमा विकास हुने र यसले स्थानीय बासिमा आर्थिक विकासमा टेवा पुग्नेछ ।” गुफा संरक्षण समितिका अध्यक्ष पुनले अहिले मुख्य समस्या गुफासम्म पुग्नका लागि मूलबाटो, गुफाको उत्खनन र भौतिक पूर्वाधार निर्माण रहेको बताए ।”

    उनले हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि रु २० लिने गरको छ । त्यसबाट संकलित रकम एकजना कर्मचारीको पारिश्रमिक र गुफाको विकासमा लगाउँदै आएको छ ।

    यसैबीच तुलसीपुर उपमहानगरपालिकाले चमेरे गुफा संरक्षण र सवद्र्धन गर्नका लागि विशेष योजना ल्याउने तयारी गरेको जनाएको छ ।

    तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले नगरपालिकाले बाटोका लागि रु ५० लाख रकम विनियोजन गरिसकेको जानकारी दिए । उनले सो रकमबाट गुफा पुग्नका लागि बाटो निर्माण गर्ने आफूहरुको योजना रहेको समेत बताए ।

    चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको र सोहीअनुरुप कामलाई अगाडि बढाउने समेत बताए । त्यसैगरी गुफाको प्रचारप्रसार गर्नेका लागि आगामी वर्षमा मेला तथा महोत्सव लगाउने कार्यक्रम रहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...