News Portal

  • वैशाख कृष्ण औँसीको दिन मात्रै हेर्ने हो आमाको मुख ?

    ४२२ पटक

    काठमाडौं : नेपाली समाजमा प्रत्येक वर्ष वैशाख कृष्ण औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ। किन यो दिनलाई आमाको मुख हेर्ने वा उनको सम्मान गर्ने दिन भनिएको होला? आमाको मुख एकदिन हेरेर वा उनलाई एकदिन सम्मान गरेर अरु दिन गर्नु नपर्ने हो? वैशाखे औँसीमा आमाको सम्मान गरेजस्तै भाद्र कृष्ण औँसीमा बुबाको मुख हेर्ने वा उनलाई सम्मान गर्ने दिनका रूपमा मनाइन्छ।  पञ्चांग निर्णायक समितिका अध्यक्ष डा.रामचन्द्र गौतम आमाको मुख हेर्ने वा उनलाई सम्मान गर्ने विशेष दिनको विधान शास्त्रमा नभएको बताउँछन्। जन्म दिने संसार देखाउने र कर्मशील बनाउने आमाबाबुको सम्मान सँधै गर्नुपर्छ।

    ‘औँसी विशेषगरी दिवंगत पितृ (आमाबुबा)लाई सम्झिने दिन हो’, गौतम भन्छन्, ‘पितृको सम्झनामा तर्पण, श्राद्ध आदि गर्ने विधान छ।’  गौतमका अनुसार यसैलाई लक्ष्य गर्दै कुनै समुदायले वर्षका १२ औँसीमध्येको यो औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाउन थाल्यो, भदौको औँसीलाई बाबुको मुख हेर्ने दिनको रूपमा लिन थाल्यो, कालान्तरमा सनातन संस्कृतिकै अंग बन्यो। पूर्वीय संस्कृतिमा आमा, बाबु र गुरु देवतासरह मानिन्छन्। जन्म दिने आमा, संस्कार दिने बाबु र विद्या दिने गुरुप्रति सँधै अनुगृहीत रहने सनातन धर्म–संस्कृतिको परम्परा हो।  यी तीनमध्ये पहिलो स्थान आमाकै आउँछ।

    अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न कठिन हुन्छ भन्ने मान्यता छ। माता पिताभन्दा हजार गुणले महिमायुक्त हुन्छिन् भनिएको छ। यति महिमा भएकी आमालाई एक दिन मात्र सम्मान गरेर पुग्ला? सनातन  संस्कृतिमा दिनहुँ मातापिताको दर्शन गर्ने उनीहरूको पूजा गर्ने (सम्मान गर्ने, अनुकुलका कार्य गर्ने र चित्त नदुखाउने) विधान रहेको धर्मशास्त्रका ज्ञाता डा. देवमणि भट्टराई बताउँछन्।

     

    ‘मातृ–पितृ ऋणबाट मुक्त हुन गाह्रो हुन्छ भन्ने हाम्रो धार्मिक मान्यता छ’, भट्टराई भन्छन्, ‘यसैकारण सँधै आमाबाबुको अनुकुल हुने काम गर्नुपर्छ।’ टाढा भएकाहरूका लागि लक्ष्य गर्दै आमा वा बाबुको मुख हेर्ने चलन चलेको संस्कृतिविद्हरूको भनाइ छ। तर वर्षको एक दिन सम्मान गर्ने अरु दिन बेवास्ता गर्ने चलन मौलाउँदै गएकोमा उनीहरू चिन्ता व्यक्त गर्छन्।   पश्चिमा संस्कृतिको प्रभावले आमाबाबुप्रति गर्ने व्यवहार प्रतिकूल हुँदै गएको बुझाइ छ, समितिका अध्यक्ष गौतमको।

    ‘एकदिन सम्मान गरेर अरु दिन बेवास्ता गर्ने संस्कृति हाम्रो हुँदै होइन’, उनी भन्छन्, ‘आमालाई व्यवहार गर्दा नौ महिनासम्म कोखमा राखेको, जन्माएको, हुर्काएको, बढाएको सम्झना सँधै हुनुपर्छ।’   संयुक्त परिवारको अवधारणा क्षीण हुँदा आमाबाबुप्रति गर्ने व्यवहार पनि बदलिँदै गएको बताउँछन्, धर्मशास्त्री भट्टराई। परसंस्कृतिको अनुकरण गर्दा हामीमा रहेको स्नेह, दया र सम्मानको भावना हराउँदै गयो’, उनी भन्छन्, ‘जबसम्म पारिवारिक मूल्य र मान्यताको महत्त्वबारे चेतना हुँदैन, संस्कृतिको विचलन भइरहन्छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ...

    ४ अग्रज जनपक्षीय पत्रकारहरु पुरस्कृत

    सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल सम्बद्ध...

    ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    save soil

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् ।...

    सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर जाँदा समस्या

    shashi

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार...

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको...