News Portal

  • कतारबाट फर्केका युवालाई प्रयोग गरि सुन तस्करी गर्ने तिन जना पक्राउ

    ५ बैशाख
    ७३५ पटक
    ५ बैशाख

    काठमाडौँ। बैदेशिक रोजगारीको शिलसिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भंसार छली सुनका गर गहनाहरु तस्करी  गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१७ ठहिटी बस्ने ३६ बर्षीय रतनलाल श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने उदयपुर त्रियुगा नगरपालिका–१६ घर भएका २२ बर्षीया लिलाकुमारी श्रेष्ठ र सिराहा लहान नगरपालिका–१५ बस्ने २० बर्षीय इन्द्र सदे रहेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भंसार छली सुनका गर गहनाहरु मोटरसाइकलमा राखी लैजादै गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार कोटेश्वर चोक नजिक चेकप्वाईन्टमा राखी सवारी साधनहरु चेक गर्दा स.२प ४०२८ नम्बरको पल्सर मोटरसाइकलमा २ जनाले सुन जस्तो देखीने ५० ग्रामको ४ वटा चुरा र तत्काल मोटरसाइकलमा सवार व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको साथबाट ५० ग्रामको १ वटा चुरा गरी ५ वटाको २ सय ५० ग्राम बरामद भएको थियो ।

    उनीहरुलाई प्रहरीले आवश्यक कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुरमा पठाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...